|

क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

विनोद परियार
बुटवल,जेठ १५ । रुपन्देहीको शंकरनगरमा जारी जिल्ला स्तरिय नक आउट टी –ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि आयोजक मास्टर ब्लास्ट क्रिकेट क्लव शंकरनगरले हात पारेको छ । जिल्लाका २२ क्लवको सहभागिता रहेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक क्लवले २० ओभरमा ९ विकेट गुमाई १ सय ३४ रन बनाएको थियो । १ सय ३५ रनको लक्ष्य पाएको शान्तियूवा क्लव ७९ रनमा मात्र सिमित रहन पुग्यो । खेलमा आयोजक ब्लास्टका हिमाल कालिराजले २७ अमित रानाले २१ र भूपेन गुरुङले २३ रन योगदान गरेका थिए । त्यस्तै केयर सिंह भण्डारीले ४ बिकेट र सुमन रानाले ३ बिकेट लिएका थिए । खेलमा म्यान अफ दी म्याच ब्लास्टका हिमाल कालिराज र म्यान अफ दी सिरिज सुमन राना घोषित भए । प्रतियोगितामा बिजेता टिमले नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गर्‍यो भने उपबिजेतामा चित्त बुझाएको शान्तियूवा क्लवले १० हजार नगद सहित प्रमाणपत्र पाएको थियो । आयोजक क्रिकेट क्लवका अध्यक्ष केयर सिंह भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजेता तथा उपबिजेता टिमलाई युवा संघका केन्द्रिय सदस्य राजु गुरुङले पुरस्कृत गर्नुभएको थियो ।

Posted by Butwalonline on 11:02 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई"

Leave a reply