|

बुटिक तालिम सम्पन्न

विनोद परियार
बुटवल,जेठ १५। घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही र आनन्दवन मधुवन बहुउद्देयीय संस्थाको संयुक्त आयोजनामा रुपन्देहीको आनन्दवनमा सञ्चालित १ महिने बुटिक तालिम सम्पन्न भएको छ । तालिममा आनन्दवन वार्ड नं. १ र २ का २७ जना महिलाहरु सहभागि भएका थिए । संस्थाका अध्यक्ष एकदेव भट्टराईको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रुद्रबहादुर मल्ल, अधिकृत शिवपुजन चौधरी, कुलप्रसाद लामिछाने, डोलराज बस्याल, ध्रुव धिताल, प्रशिक्षक जुना अर्याल, प्रशिक्षार्थी शिवकुमारी भण्डारी लगायतले सिकेको शिपलाई व्यबहारमा उतारेर व्यबसायी बन्न सकेमात्र तालिमको सार्थकता रहने बताएका थिए । कार्यक्रम संस्थाका व्यबस्थापक दिनानाथ ढकालको सञ्चालन र खेमा न्यौपानेको स्वागतमा भएको थियो ।

Posted by Butwalonline on 10:59 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटिक तालिम सम्पन्न"

Leave a reply