|

राजस्व संकलनमा अनियमितताको आशंका

कपिल ज्ञवाली
बुटवल जेठ १४
बुटवलको ६ लेन सडक निर्माणका क्रममा सडक छेउमा रहेका रुख कटानपछि त्यसको विक्रिबाट आउनु पर्ने राजस्व संकलनमा अनियमितता भएको आशंका गरिएको छ । सडक निर्माण थालिएपछि सयौ रुखहरु काटिएको थियो । कटान गरिने १ सय २६ रुखबाट २ लाख ३९ हजार १ सय ६४ रुपैयाँ राजस्व संकलन हुने बताइएको छ । जुन बजारको चल्ती भन्दा निकै कम भएको जानकारहरु बताउछन् । सडक विभागले दिएको जानकारी अनुसार सडक विस्तारका क्रममा हटाईने १ सय २६ रुखबाट २ हजार ३२ दशमलव ५ क्यूफिट काठ र २१ सट्टा दाउरा निस्कने आँकलन गरिएको छ । तर टेन्डर आहवान गरिएको भन्दा धेरै मुल्यका काठ रहेको बताइन्छ । सडक विस्तारका क्रममा पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले लाखौं मुल्य पर्ने रुखहरु कटान गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क र हस्पिटल लाईनदेखि तिनाउपुलसम्मको सडक निर्माणका क्रममा १ सय २६ थान रुखहरु कटान गर्नुपर्ने तथ्याङक तयार गरिएको थियो । हाल चौराहादेखि बसपार्कसम्म सडकको निर्माण भएकाले एक सय बढि रुखहरु कटान गरिसकीएको छ भने बाँकी रुखहरु सडक विस्तारको क्रममा क्रमश: कटान गर्दै जाने सडक विभागले जनाएको छ । बुटवलको हाईवेमा रहेका हरियालीले बुटवलको छुट्टै परिचय दिएका ति पिपल, कर्मा, अशोक, आँप, कदम, सिसौं जस्ता दर्जनौं रुखहरु कटान गर्दा बुटवलको परिचय हराएको छ भने रुख कटान गरिएकै कारण सडकमा सितलता समेत हराएको बुटवलवासीको अनुभव छ ।

Posted by Butwalonline on 11:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजस्व संकलनमा अनियमितताको आशंका"

Leave a reply