|

४५ दिने निराहार भुगर्व तपस्या पुरा

विनोद परियार
बुटवल,जेठ १५ शान्तिदूत योगि श्री खम सरोज अधिकारीले ४५ दिने निराहार भुगर्व तपस्या पुरा गर्नुभएको छ । आज बिहान १० बजे उहालाई खाडलबाट बाहिर निकालीएको थियो । बिश्व शान्तिको कामना र नेपालमा समयमा संबिधान निर्माण गर्न दवाब दिने उदेश्यले गत बैसाख १ गते देखि उहा ४० दिने भुगर्व तपस्यामा बस्नु भएको थियो तर पछि ५ दिन थपेर ४५ दिन तपस्या गर्ने उहाले घोषणा गर्नु भएको थियो । एक कार्यक्रमको आयोजना गरि आज निराहार भुगर्व तपस्या पुरा भएको घोषण गरिएको थियो । शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता, स्थानिय बिकास अधिकारी तारा बहादुर कार्किको प्रमुख अतिथ्यता, बाबा योगिराजको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माओबादिका रुपन्देही जिल्ला सदस्य बेल प्रसाद शर्मा, एमाले क्षेत्र नम्बर ३ रुपन्देहिका सभापति बासुदेव घिमिरे, कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति यम बहादुर खत्रि, शंकरनगर गाबिसका सचिव लक्ष्मण अर्याल लगाएत बोल्नु भएको थियो । कार्यक्रममा स्थानिय बिकास अधिकारी तारा बहादुर कार्कर्ीले तपस्या सफलतापुर्वक सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै शान्तिका लागि सबै एक जुट हुन आग्रह गर्नु भयो । तपस्या स्थल नजिकै भजनकिर्तनका साथ नाजगान पनि गरिएको थियो भने तपस्वीलाई हेर्न ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो । यसैबिच तपस्वी अधिकारीको स्वाथ्यमा समस्या उत्पन्न भएकोले उहालाइ बिशेष ध्यान दिइने संकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका सचिव खिमलाल पाण्डेले जानकारी दिनु भयो ।

Posted by Butwalonline on 11:06 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "४५ दिने निराहार भुगर्व तपस्या पुरा"

Leave a reply