अबैध काठ सहीत ४ जना पक्राउ
बुटवल ।कपिलवस्तुको धनकाली गाबिस– ७ अलीनगरको मैनीहवा जंगलमा गएराति अबैध काठ सहीत ४ जना पक्राउ परेका छन् । जंगलबाट कटान गरी बैलगाडामा लगीरहेको अवस्थामा ३ थान सालको गोलीया सहीत उनीहरु पक्राउ परको हुन । यसरी पक्राउ पर्नेहरुमा धनकौली– १ का रामऔतार गुप्ता, शिवपूजन गुप्ता, जगदीश कुर्मी र सौराहा गाबिसका बिजय कुमार गूप्ता रहेको वन कार्यालयले जनाएको छ । वन कार्यालयका कर्मचारी तथा सामुदायिक वनका उपभोक्ताहरुको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्रेको बताईएको छ । उनीहरुमाथी वन ऐन २०४९ अनुसार मुद्दा चलाईने वन कार्यालयका प्रमुख कृष्ण पोख्रेलले बताए ।
