|

दलित पत्रकार संघ रुपन्देहीको कार्यसमिति पुर्नगठन

बुटवल, जेठ । दलित पत्रकार संघ रुपन्देहीको कार्यसमिति पुर्नगठन गरिएको छ । गत बर्ष गठन गरिएको कार्यसमिति निष्कृय भएको भन्दै संघका बहुमत सदस्यहरुको आज बुटवलमा बसेको भेलाले शान्ति विकको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा संजय विश्वकर्मा, सचिवमा विनोद परियार, सहसचिवमा सिता वि.के, कोषाध्यक्षमा कृष्ण परियार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा किसन बराल(वि.क.), जगलाल नेपाली, शशि परियार र सलिना विश्वकर्मा रहेका छन् ।
बुटवल । जिल्ला विकास समिति नवलपरासीले जिल्लामा सञ्चालित योजनामा दोहोरोपन देखिएकाले त्यसमा न्यूनिकरण ल्याउन अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउने जनाएको छ । सही मूल्यांकन हुन नसक्दा योजनामा दोहोरोपन देखिएको भन्दै नया तरिकाले योजनाको बारेमा अनुगमन तथा मूल्यांकन गर्न जिल्ला विकास समितिले छुट्टै संयन्त्र बनाउन लागेको हो । जिल्ला प्राविधिक कार्यालयका प्राविधिकले नियमित अनुगमन गरेपनि त्यो सही नभएको भन्दै जिल्ला विकास समितिको राजनैतिक दलको संयन्त्रले योजना अनुगमन, मूल्यांकन गरेपनि नेताका पहूचमा सञ्चालित योजनामा समेत सही मूल्यांकन हुन नसकेको महशुस भएको अनुगमनका लागि नागरिक समाज सहितको टोलि बनाउने काम भएको स्थानीय विकास अधिकारी बसन्त अधिकारीले बताउनुभयो । कहिलेकाही दलिय संयन्त्रबाट मूल्यांकन गर्दा योजनाको सही मूल्यांकन हुन नसकेको जिल्ला विकास समिति महशुस गरेकाले अनुगमनलाई प्रभावकारी बनाउन नयाा तरिका अपनाउन लागिएको जिल्ला विकास समिति नवलपरासीले जनाएको छ ।

Posted by Butwalonline on 11:11 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलित पत्रकार संघ रुपन्देहीको कार्यसमिति पुर्नगठन"

Leave a reply