|

एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल । रुपन्देहीको देवदहमा राष्ट्रिय जनगणना–२०६८ तथा संघीयता विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीको आयोजना, जिल्ला विकास समितिको आर्थिक सहयोग र आदिवासी जनजाति समन्वय परिषद देवदहको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम गलामीको अध्यक्षता, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति समन्वय परिषद नेपाल मगर संघ देवदहका अध्यक्ष पदम थापा, खेमा तमु छोंज धी देवदहका अध्यक्ष थमन गुरुङ, थारु कल्याणकारिणी सभाका जिल्ला सदस्य निर्मला चौधरी, नेवा: पुच देवदहका अध्यक्ष खेमनारायण श्रेष्ठ बोल्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा जनगणना सम्वन्धी यम राना र संघीयता सम्वन्धी जिएस गुरुङले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा मगर, गुरुङ, नेवार, थारु, तामाङ लगायतका जातीय संस्थाको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 11:12 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न"

Leave a reply