धुमपानको शिकार बन्दै युवापुस्ता
सन्दर्भ : विश्व धुमपान रहित दीवस
विनोद परियार
बुटवल, १७ जेठ । केहि बर्ष अघिसम्म धुमपान सेवन गर्नेहरुमा उमेरले पाका भएकाहरु बढि भेटिन्थे । तर अहिले सबैभन्दा बढि धुमपान र मद्यपान सेवनकर्ताको रुपमा युवापुस्ताहरु रहेको एक अध्ययनले देखाएको छ ।
बिशेष गरि प्लस टु मा अध्ययन गर्ने युवाहरुमा यस्तो लत भेटिएको हो । साथिहरुको लहैलहैमा र फेसनेबलका लागि युवाहरुले धुमपानको सेवन गरेको पाईन्छ । शहरमा बसेका र हुर्केका युवायुवतिहरुले खुल्लारुपमा धुमपान नगरेपनि साथिहरुसंग र गुपचापमा नियमितजसो सेवन गर्ने गरेका छन् । विश्वमै टिनएजरहरु लागुपदार्थको लतमा फस्ने गरेकोमा नेपालमा पछिल्ला केहि बर्षयता यसको प्रभाव हवात्तै बढ्दै गएको छ ।
रुपन्देही र यसआसपासका कलेजमा अध्ययनरत युवाहरु एकाविहानै चुरोट नखाईकन कलेजभित्र पस्दैनन । यसले पनि के प्रष्ट पार्छ भन धुमपानको लतमा युवा पुस्ताहरु बढिरहेका छन् । अधिकांशले साथिहरुको लहैलहैमा र कतिले मानसिक पिडा कम गर्न धुमपान सेवन गरेको बताउछन् । बुटवलको एक पसलमा कलेजमा पढाईशुरु हुनु अघि र पछि एक हुल कलेजका विद्यार्थीहरु चुरोट खानकै लागि जाने गर्दछन् । पसल संचालक भन्छन् ‘मेरो पसलमा सबैभन्दा बढि चुरोट नै विक्छ ।’
डेरी पसल संचालक उनले दुधको हाराहारीमा चुरोटको ब्यपार गर्ने गरेको बताउछन् । अहिले होटल रेष्टुरेन्ट,किराना पसल,पुस्तक पसल जताततै चुरोट,पुकार लगायतका सुर्तिजन्य बस्तुहरुको नै सहजरुपमा विक्रिवितरण हुने गरेको छ । विश्वकै अध्ययन अनुसार अहिले १६ देखि ३० बर्षका युवापुस्ता सबैभन्दा बढि धुमपान सेवनकर्ता उमेर समुह हुन् । ग्रामिणभेगहरुमा सचेतनाको अभाव प्रमुख कारण ठानिएपनि शहरमा भने फेसन,सौखका कारण धुमपानका सेवनकर्ताहरु बढेको बताईन्छ ।
युवाहरुनै यसरी कुलतमा फस्दै जाने हो भने भविष्यमा यसले विकराल रुप ल्याउने सरोकारवालाहरु बताउछन् । चिकित्सकहरुका अनुसार युवायुवतिहरुको मन चन्चल हुने भएकाले उनीहरुलाई बेलाबेलामा सचेत र पारिवार्कि वातावरणमा घुलमिल गराउनुपर्ने सुझाव दिन्छन् । ‘शुरुमा चुरोट,पुकार र सुर्ति सेवन गर्दा गर्दै कडा लागुपदार्थको सेवनमा फस्ने गरेकाले बैलैमा अभिभावक सचेत हुनपर्छ’ स्वाथ्य अधिकार तथा सुर्तीजन्य बस्तु नियन्त्रण जिल्ला संजाल रुपन्देहीका संयोजक मुक्ति पोखरेलले भने ।
नुपालमा शहरीया हुने वाहनामा होस या मानसिक पिडा कम गर्ने बाहनामा होस धुमपान र मद्यपान सेवनकर्ताहरु बढ्दै गएका छन् ।विश्वस्वास्थ्य संगठनले जनाए अनुसार विश्वमा हरेक बर्ष धुमपान अर्थात सुर्तिजन्य पदार्थको प्रयोगले ५० लाख मासिनले ज्यान गुमाउने गरेका छन् । भने नेपालमा १५ देखि २० हजारको हाराहारीमा सुर्तिजन्य बस्तुको सेवनकै कारण मानिसको मृत्यू हुने गरेको तथ्याङकले देखाएको छ ।
नेपालमा धुमपानको प्रयोगकर्तामा युवाहरु नै बढि रहेपनि त्यसपछि ग्रामिणभेगका महिलाहरु रहेका छन् । सामाजिक संरचना र चेतनाको अभावका कारण ग्रामिणक्षेत्रका महिलाहरुले धुमपान गर्ने गरेको संजालका संयोजक पोखरेलले बताए ।
यसैविच ३१ मे अर्थात विश्व धुमपान रहित दिवसका अवसरमा मंगलबार वुटवलमा विभिन्न सघ सस्थाले जनचेतना मुलक र्यालिको आयोजना गरेका छन् ।
‘जीवनरक्षाका लागि विश्वस्वास्थ्य संिगठनबाट प्रतिपादित सुर्ति नियन्त्रण सम्बन्धि महासन्धि लागु गरौं’ भन्ने नाराका साथमा मनाईने दीवसको अवसरमा मंगलबार बुटवलमा सचेतनामुलक र्यालीको आयोजना गरिएको हो । िवश्व हिन्दु महासघ वुटवलको सभाहलवाट निस्कने र्यालि वुटवलका विभिन्न भाग परिक्रमा गरी पुन महासघको सभा हलमा पुगी सभामा परिणत भएको थियो । स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तुनियन्त्रणका लागि जिल्ला सञ्जाल रुपन्देहि, अर्वुदो रोग निवारण सस्था , लायनस क्लव अफ बुटवलले संयुक्तरुपमा सचेतना र्यालीको आयोजना गरेको हो ।