|

‘थपिएको म्यादमै संविधान जारी गर’

बुटवल,१७ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले अन्तिम पटक थपिएको समयभित्रै नयां संविधान निर्माण गर्न जोडदार माग गरेको छ ।
महासंघले त्यसका लागि निरन्तर खवरदारी गर्न सबैलाई अपिल समेत गरेको छ । महासंघ रुपन्देहीको आज वसेको बैठकपछि जारी विज्ञप्तिमा नेपाली जनताको कठोर संघर्ष र वलीदानवाट प्राप्त संविधान सभाले तिन वर्ष सम्म पनि नयां संविधान निर्माण गर्न नसकेकोमा गीर चिन्ता ब्यक्त गर्दै थपिएको सयलाई अत्यधिक सदुपयोग गर्दै संविधान निर्माणमा केन्द्रित ह’न दलहरुलाई आग्रह गरेको छ ।
शाखा अध्यक्ष दीपक ज्ञवाली र सचिब यानेन्द्र जिसिद्धारा संय’क्त रुपमा जारी विज्ञप्तिमा गणतन्त्र दिवसका अवसरमा सबै सञ्चारर्की ,राजनीतिक दलहरु विभिन्न संघस.सथाहरु र आम जनस’दायमा श’काना ब्यक्त गर्दै गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षलाई अन’रोध गरेको छ । त्यस्तै पत्रकार महासंघ रुपन्देहीले सल्लाहकारहरुमा डिआर घिमिरे,मोहन चापागाई,हरि लम्साल,सुमन अधिकारी र अजर्’न ञवालीलाई चयन गरेको छ । बैठकले वार्षिक कार्ययोजना तय गर्दै गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरेको छ । जसअन्तगर्त सचिब यानेन्द्र जिसिको संयोजकत्वमा पांच सदस्यिय प्रकाशन तथा सम्पादन उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा दिपक विश्वकर्मा,रेखा भ’साल,केशब भण्डारी र रुद्रहरी कुंवर रहेका छन् । त्यस्तै उपाध्यक्ष रामराज पोखरेलको संयोजकत्पमा अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा टिपि भ’साल,यम राना,भगवती पाण्डे,कान्ति च’ंदाली रहेका छन् ।
महासंघका केन्द्रिय सदस्य एबं पश्चिमाञ्चल संयोजक मोहन चापागाई र महासंघका पूर्ब अध्यक्ष एबं सल्लाहकार डिआर घिमिरेको आतिथ्यतामा बसेको बैठकले विभिन्न क्षेत्रबाट ह’ने बन्द हड्ताल तथा संघर्षका कार्यक्रम र विभिन्न वहानामा सञ्चारकर्मी र सञ्चारसाधनमाथि भइरहेको आक्रमण,आगजनी,हस्तक्षेप र धम्कीका घटनाको निन्दा एबं भ्रत्सना गर्दै त्यस्ता कार्यक्रममा निर्धक्क समाचार संकलनको वातावरण बनाउन सबै पक्षसंग जोडदार माग गरेको छ । साथै कतिपय घटनामा प्रेसको द’रुपयोग गरेर सवारी साधनमा प्रेस टांसेर हिंडको पाइएकोले त्यस्तो कार्य तत्काल बन्द गर्न सम्वन्धित ब्यक्तिहरुलाई महासंघले सचेत गराएको छ । महासंघले आफ्नो कार्यालयमा प’स्तकालय स्थापना गर्ने निर्णय गर्दै श्रमजिवी पत्रकारहरुलाई उपचारमा सह’लियतका लागि सरकारी अस्पताल तथा निजि उपचार केन्द्रहरुसंग र सार्वजनिक यातायातमा सह’लीयतका लागि विभिन्न यातायात ब्यवसायि संंस्थाहरुमा पहल गर्ने निर्णय समेत गरेको छ ।

Posted by Butwalonline on 10:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "‘थपिएको म्यादमै संविधान जारी गर’"

Leave a reply