प्रशिक्षण तालिम सम्पन्न
विनोद परियार
बुटवल, १७ जेठ बुटवल,। प्राध्यापन कार्य अझ गुणस्तरीय बनाउने उद्येश्यले रुपन्देहीको मणिग्रााममा २ दिने अनुसन्धान पद्धति प्रशिक्षण तालिम सम्पन्न भएको छ ।व्यवस्थापन संकाय राममणि बहुमुखी क्याम्पसव्दारा आयोजित प्रशिक्षणमा सो संकायका १५ जना प्राध्यापक सहभागी थिए । विद्यार्थीलाई अनुसन्धान कार्यमा संलग्न गराउन र स्वयंले अझ अनुसन्धान गर्न प्रशिक्षणले उर्जा दिएको सहभागीले बताएका छन् ।व्यवस्थापन विभागीय प्रमुख बालकृष्ण अर्यालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकको आतिथ्य एवम् क्याम्पस प्रमुख मोहनराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. भोजराज कडेरियाले प्रशिक्षण दिनुभएको थियो ।
निकट भविष्यमै बी.बी.एस. तहका विद्यार्थीलाई स्थलगत अध्ययन, प्रोजेक्ट वर्क लगायतबारे प्रशिक्षण दिइने सहायक क्याम्पस प्रमुख बाबुराम भण्डारीले जानकारी दिनुभयो ।