तितो सत्यले जारी गर्यो नेपालको संबिधान
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ १४, शनिवार
यता संबिधान सभाले नेपालको संबिधान जारी गर्न नसके पनि टेलिफिल्म तितो सत्यको युनिटले भने आज संबिधान जारी गरेको छ । संबिधान सभाले संबिधान निर्माण गर्न नसकेको प्रति ब्यङग्य प्रहार गर्दै तितो सत्यको युनिटले संबिधान जारी गरेको हो । संबिधान जारी गर्न आयोजना गरिएको सो कार्यक्रमको सुरुवातमा नै दलहरुले सहमतिको लागी भनेर बैठक बस्ने गरेको प्रति ब्यङग्य प्रहार गरिएको थियो ।
संबिधान सभाको निर्धारित म्याद सकिएर थपिएको एक वर्ष सकिन केही घण्टा मात्र बाँकि रहँदा पनि अब के हुन्छ भन्ने बारेमा अन्योल छ । संबिधान निर्माणका लागी संबिधान सभामा पुगेका दलहरुले संबिधान निर्माण गर्न सकिरहेका छैनन् । संबिधान त निर्माण गर्न सकेनन् सकेनन् अहिले सम्म दलहरुले आपसी सहमति पनि गर्न सकेका छैनन् । दलहरुले सहमती समेत गर्न नसक्दा अब के होला भन्ने प्रश्न सबैको मनमा उठेको छ । संबिधान नबन्दा आज सबैले बिरोधका कार्यक्रमहरु गरीरहेका छन् ।
यता संबिधान सभाले नेपालको संबिधान जारी गर्न नसके पनि टेलिफिल्म तितो सत्यको युनिटले भने आज संबिधान जारी गरेको छ । संबिधान सभाले संबिधान निर्माण गर्न नसकेको प्रति ब्यङग्य प्रहार गर्दै तितो सत्यको युनिटले संबिधान जारी गरेको हो । संबिधान जारी गर्न आयोजना गरिएको सो कार्यक्रमको सुरुवातमा नै दलहरुले सहमतिको लागी भनेर बैठक बस्ने गरेको प्रति ब्यङग्य प्रहार गरिएको थियो ।
बिहान ११ बजे जारी गर्ने भनिएको संबिधान केही समय ढिला गरी जारी गरिएको थियो । समारोहमा १५ मिनेट पछि तितो सत्य युनिटले सहमति जुटाउन अहिले बैठक बसिरहेकोले यो समय अझै २० मिनेट थपिएको उदघोषक दिनेश डिसिले जानकारी गराएका थिए । यसरी म्याद थप र सहमती खोज्न जारी बैठकलाई ब्यङग्य प्रहार गर्दै सुरु गरिएको कार्यक्रममा तितो सत्यको युनिटले सभामुख सहित संबिधान सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको नाम लेखेर फरक फरक कुर्सिमा टाँसिएको थियो । तर ति कुर्सि भने खालि थिए ।
अहिले दलहरु सत्ता मोहमा अल्झीएको कारण उनिहरुलाई संबिधान भन्दा कुर्सि प्यारो भएकोले दलहरुको नाम अंकित कुर्सि मात्र राखिएको तितो सत्यका निर्देशक दिपक राज गिरीले जानकारी दिए । उनले अहिले दलका नेता र कुर्सिमा केही फरक नभएको भन्दै ब्यङग्य समेत गरे । तितो सत्य युनिटको कुरा मिलेपछि ११:४५ बजे १२२ पृष्ठ लामो नेपालको संबिधान २०६८ जारी गरिएको छ । जारी संबिधानको कभर पृष्ठमा नेपालको संबिधान २०६८ लेखिएको छ भने अन्तिम पृष्ठमा समाप्त लेखिएको छ । बाँकि पष्ठहरु खालि छन् ।
संबिधान सभाले अहिलेसम्म केही पनि लेख्न नसकेको भन्दै पृष्ठहरु खालि छोडिएको गिरीले जानकारी गराए । संबिधान जारी कार्यक्रममा देखिएको अर्को रमाइलो पक्ष के थियो भने बिभिन्न खानाका परिकारहरुलाई समाबेशी सेना समायोजन, संघियता, हतियार ब्यवस्थापन, प्रेस स्वतन्त्रता जस्ता नामहरु दिइएको थियो ।
Filmikhabar

