वर्षा अगावै कोसीमा कटान
प्रकाशपुर (सुनसरी), जेष्ठ १३ - सप्तकोसी नदीको पूर्वी तटबन्धअन्तर्गत प्रकाशपुर क्षेत्रमा पाँच दिनयता तीव्र रूपमा कटान भएको छ । कटानसँगै तटबन्ध फुट्ने खतरा बढेको हो । स्पर नम्बर २५ दशमलव ५७ देखि २६ नम्बर बीच भाग र स्पर २६ देखि २६ दशमलव ४० बीचको भागमा कटान भइरहेको छ ।
बिहार सरकारका जलस्रोत र ऊर्जा मन्त्रीले कटान भएको ठाउँमा डेढ महिनाअघि आएर तत्काल सुरक्षात्मक काम गर्न निर्देशन दिए पनि कोसी योजनाका अधिकारीको लापरबाहीले काम हुन सकेको थिएन । अघिल्ला वर्षमा तुलनात्मक रूपमा कम कटान हुने यस क्षेत्रमा यसपल्ट जोखिम बढेको छ । स्थानीयवासीका अनुसार तटबन्धको तल्लो भाग पाँच दिनमा करिब १५ मिटरभन्दा बढी कटानमा परेको छ । यहाँ पानीको बेग रोक्न लगाएको प्रोकोपाइन पनि बगाएको छ ।
स्थानीय नकुल चन्द्रवंशीका अनुसार तत्काल मर्मत नगरे वर्षा अगावै कोसीले पूर्वी तटबन्ध भत्काउने सम्भावना बढेको छ । कोसीमा पानीको बहाव पनि बढ्दै गएको छ । यहाँ दिनदिनै खतरा बढेपछि स्थानीय बासिन्दा सुत्न नसकेको देवनारायण मण्डलले
बताए । उनले भने, 'कटान यही गतिमा जाने हो भने बाँधले वर्षा झेल्न सक्दैन ।' यी ठाउँमा चैतदेखि सामान्य रूपमा कटान सुरु भएको थियो । त्यही समय चैत २३ गते तटबन्ध निरीक्षणमा आएका बिहारका जल संसाधनमन्त्री विजयकुमार चौधरी, ऊर्जामन्त्री विजेन्द्रप्रसाद यादव र उच्चस्तरीय प्राविधिक सहितको टोलीले तत्काल दुवै ठाउँमा सुरक्षात्मक काम थाल्न योजनाका अधिकारीलाई निर्देशन दिएका थिए । निर्देशनको डेढ महिना बित्दा पनि कटान भएको ठाउँमा काम नगर्दा तटबन्ध भत्काउने जोखिम बढेको हो ।
'कोसीमा पानी बढ्ने समय आएको छ, स्थानीय कर्णबहादुर कार्कीले भने, 'छिटो मर्मत नगरे कुशाहाकै स्थिति आउन सक्छ ।' ०६५ भदौ २ गते पश्चिम कुशाहामा कोसीको पूर्वी तटबन्ध फुट्दा हरिपुर, श्रीपुर र पश्चिम कुशाहालगायत सीमावर्ती भारत बिहारको ठूलो भूभाग डुबानमा परेको थियो । यस वर्ष कटान लागेको ठाउँमा तटबन्ध फुटे सुनसरी सदरमुकाम इनरुवासहित इटहरी र विराटनगर समेत डुबानमा पार्ने कार्कीले बताए । बिहीबार कोसीमा जलस्तर २७ हजार क्युसेक रह्यो । जल नियन्त्रण तथा मापन कक्षका अनुसार वर्षा अगावै २७ हजार क्युसेक पानीको बहाव हुनु उच्च हो ।
Source:KantipurNews