चट्याङले लागेर मृत्यु
तेह्रथुम, जेष्ठ १३ - गएराती परेको चट्याङले लागेर तेह्रथुम सम्दु १ की २१ वर्षीया सिता वुढाथोकीको मृत्यु भएको छ । चट्याङले लागेर उनका ससुरा देवी वहादुर वुढाथोकी सख्त घाईते भएका छन् । वर्षासंगै परेको चट्याङले लागेर भान्सामा खाना पकाउदै गरेकी वुढाथोकीको घटना स्थलमै मृत्यु भएको सम्दु प्रहरी चौकीले जनाएको छ । घाईते ससुराको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
Source:Kantipur
Source:Kantipur
