|

कान्तिपुर टिभीको सहित केही सवारी साधनमा आगजनी

काठमाडौ, जेष्ठ १३ - विभिन्न संघसंगठनहरुले आव्हान गरेको बन्दकका कारका कारण मुलुकभरको जनजीवन कष्टकर भएको छ । विगतमा प्रेस, एम्बुलेन्स लगायतका अतिआवश्वक बन्दकर्ताले राजधानीमा कान्तिपुर टेलिभिजनको गाडीसहित अन्य केही सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् ।
वनस्थलीमा कान्तिपुर टेलिभिजनको गाडीमा आगजनी गरिएको छ । पुतली सडकबाट मोटरसाइकलमा पछ्याउँदै आएको तीन जनाले उक्त गाडीमा आगजनी गरेको हो । चुरे भावर राष्ट्रिय एकता पार्टी (हिमालयभक्त प्राधानाङ अध्यक्ष रहेको) ले बन्दको अवज्ञा गरेको भन्दै  केही गाडी जलाइएको जिम्मेवारी लिएको छ ।
संविधानसभाबाट संविधान निर्माण नभएको खण्डमा संविधानसभा विघटन गरी नागरिक समाजको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने उक्त पार्टीले माग गरेको छ । 
त्यस्तै, लोकन्थलीमा नेपाल यातायात, मैतीदेवीमा माइक्रोबस तथा बसुन्धरामा एउटा ट्याक्सीमा आगजनी गरिएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले बिहान ५ बजेको समयमा राजधानीमा तीनवटा सवारी साधनमा आगजनी गरिएको बताए । आगजनीमा संलग्न रहेको आशंकमा दुई जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कान्तिपुर टिभीको बा.५.च.९३७५ नम्बरको मारुती भ्यान, जडीबुटीमा बा.१.ख ७३२४ नम्वरको नेपाल यातायात र डिल्लीबजारमा बा.१.ज ६२५५ नम्बरको माइक्रोबसमा आगजनी भएको एसएसपी नेपालले जनाए ।

त्यस्तै वसुन्धरामा एउटा ट्याक्सीमा क्षति पुर्‍याइएको छ । कान्तिपुर टिभीको गाडीमा आगजनी गरिएकोमा नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाले उक्त कार्यको बिरोध गर्दै दोषी उपर कारवाहीको माग गरेको छ ।
धनकुटाबाट प्राप्त समाचार अनुसार ब्राम्हण समाज नेपाल र खस क्षेत्री एकता समाजले गरेको बन्दको कारण पूर्वाञ्चलका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ ।
नयाँ संविधान निर्माण गर्न र खस क्षेत्रीलाई आदिवासी जनजातीमा समेट्नु पर्ने, खसान राज्य कायम गर्न, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउन लगायत माग राख्दै खस क्षेत्र एकता समाजले एक दिने बन्दको आव्हान गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
बन्दको असर पुर्वका १६ जिल्ला सदरमुकाम तथा मुख्य बजारमा परेको छ । बन्दका कारण कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड हुँदै सञ्चालन हुने धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुममा यातायात ठप्प रहेको छ । शिक्षण संस्था, उद्योगकारखाना, बजार पसल समेत बन्द भएका छन् ।
चितवनमा पनि ब्राम्हण समाजले गराएको बन्दले जनजीवन प्रभावित बनेको छ ।उदयपुरबाट प्राप्त समाचार अनुसार बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ ।
शैक्षिक संस्था, कलकारखाना, बजार पसल खुलेका छैनन । सदरमुकाम गाईघाट बजारमा मोटरसाईकल र साईक गुडेपनि लामो तथा छोटो दुरीका सवारी साधन चलेको छैन ।
ग्रामिण क्षेत्रमा बन्दकर्ताको उपस्थिती नभएपनि सदरमुकामको गाईघाटको मुख्य चौक उपस्थिती रहेको छ ।
बन्दको असर तेह्रथुममा पनि परेको छ । वन्दका कारण जिल्लाका मुख्य वजारका पसल तथा होटलहरु खुलेका छैनन् । समाजका कार्यकर्ताहरु वजारका चोक चोकमा भेला भएर वजार वन्द गराउदै हिडीरहेकाले सडकमा मोटर साईकल समेत चल्न सकेका छैनन् । जिल्लाका म्याङलुङ, जिरिखिम्ती, लसुने, वसन्तपुर, शुक्रवारे लगायतका मुख्य वजारहरु विहानै देखी वन्द छन् ।
वन्दका कारण जिल्लाका निजी तथा सार्वजनिक विद्यालयको पठन पाठन समेत ठप्प भएको छ भने साना घरेलु उद्योग समेत चलेका छैनन् । यस अघि हुने गरेका वन्दको भन्दा यो वन्दको प्रभाव वढि परेको छ ।
















Source:KantipurNews

Posted by Butwalonline on 9:10 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कान्तिपुर टिभीको सहित केही सवारी साधनमा आगजनी"

Leave a reply