|

प्रधानमन्त्री कार्यालयका सचिवले राजिनामा गरे

काठमाडौ, जेष्ठ १३ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बिमल वाग्लेले पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रशासन र बैठक महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका सचिव वाग्लेले घरायसी कारण देखाई जेठ १६ देखि लागू हुने ग राजिनामा दिएको जानकारी स्रोतले दिएको छ ।
अर्थसचिव रामेश्वर खनालले आफ्नो मन्त्रालयमा मन्त्रीको संरक्षणमा बाहिरिया व्यक्तिबाट भइरहेका बजेट निर्माणलगायतका गैजम्मेवारपूर्ण क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै राजिनामा दिएको दुई महिनापछि नै अर्का सचिवले राजिनामा दिएका हुन् । तर, वाग्लेले कसैसित असन्तुष्टि या आफूलाई दिइएको जिम्मेवाप्रतिको अरुचिले नभई स्वेच्छाले राजिनामा दिएको उनी निकटस्थ कर्मचाले उल्लेख गरेका छन् ।
वाग्लेले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाउनु ६ महिनाअघि पदबाट राजिनामा दिएका हुन् । वाग्लेले आगामी कात्तिक २५ मा ५८ वर्ष पुगी अनिवार्य अवकास पाउने थिए । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले वाग्लेको राजिनामा जेठ १६ देखि लागू हुने गरी स्वीकृत गरेको जानकारी एक मन्त्रीले दिए ।
मन्त्रिपरिषदले वाग्लेको ठाउँमा नयाँ सचिव सोमलाल सुवेदीलाई सरुवा गरेको छ । क्षेत्रीय प्रशासन कार्यालयमा जान नमानेका कारण अतिरिक्त समूहमा राखिएका सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयको बैठक तथा प्रशासन महाशाखा हेर्ने सचिवमा सरुवा गरिएको हो ।
वाग्लेको राजिनामासँगै रिक्त सचिवको संख्या तीन पुगेको छ । क्षेत्रीय प्रशासन कार्यालय, पूर्वाञ्चल, मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलमा विशिष्ट श्रेणीको अधिकृत -सचिव) पद रिक्त रहेकाले ती तीनवटै कार्यालयमा सहसचिवलाई कायममुकायम क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ ।
सहसचिव राई जगेडामा
गृह मन्त्री कृष्णबहादुर महराले मन्त्रालयको प्रहरी प्रशासन महाशाखा प्रमुख सहसचिव प्रेम राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिदिएका  छन् । अघिल्लो सरकारका पालामा तत्कालीन गृह मन्त्री भीम रावलको निकटस्थ भएर काम गरेका कारण नयाँ गृह मन्त्रीको निर्देशनमा उनलाई जगेडामा सरुवा गरिएको जानका स्रोतले दिएको छ । एमाले निकटस्थ मानिने राई व्यावसायिक र सक्षम सहसचिवमध्येमा मानिन्छन् । गृहमा प्रहरी प्रशासनलाई महत्वपूर्ण महाशाखा मानिन्छ । उक्त महाशाखा प्रमुखमा कसैलाई पनि सरुवा गरिएको छैन ।


Source:KatipurNes

Posted by Butwalonline on 9:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्री कार्यालयका सचिवले राजिनामा गरे"

Leave a reply