|

दुर्घटनामा परी छ विद्यार्थी घाइते

२१ चैत्र, नवलपरासी । नवलपरासीमा आज मध्यान्ह भएको सवारी दुर्घटनामा परी ६ जना विद्यार्थीहरू घाईते भएका छन् । परासीबाट भैरहवा जाँदै गरेको १०३० नं. को पीकअप भ्यान भुमही भैरहवा सडकखण्डको रामग्राम नगरपालिका ५ मन्झरिया चोकमा विपरित दिशाबाट आईरहेको ४ वटा साईकलमा सवार विद्यार्थीहरूलाई ठक्कर दिँदा ६ जना घाईते भएका हुन् ।
घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको नवलपरासी प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेका नवलपरासी जिल्ला सुकरौली ९ का १४ वषर्ीय आकाश चौधरी, १२ वर्षीय सुगम चौधरी र वर्ष १२ की बन्दना चौधरीलाई उपचारका लागि युनिभर्सल मेडिकल कालेज भैरहवा लगिएको छ ।
त्यस्तै घाइते भएका सोही ठाउका १२ वर्षीया धर्मेन्द्र चौधरी, १२ वर्षकै निलम चौधरी र रुपन्देही बैरवा ८ घर भएका १५ वर्षीय श्रीनारायण गौंडलाई समेत उपचारका लागि भैरहवा लगिएको नवलपरासी प्रहरीले जनाएको छ । साढे ११ बजेको समयमा भएको दुर्घटनाको पिकअप भ्यान र भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -वृजराज कुशवाहा

Posted by Butwalonline on 11:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटनामा परी छ विद्यार्थी घाइते"

Leave a reply