|

आफगानिस्तान सुरक्षागार्डको मृत्यु: परिवारलाई १/१ लाख डलर क्षतिपूर्ति

काठमाडौ, चैत्र २० -
अफगानिस्तानको मजार-ए-सरिफस्थित राष्ट्रसंघीय कार्यालयमा शुक्रबार अपराह्न भएको सांघातिक हमलामा मारिएका चार नेपाली सुरक्षागार्डले राष्ट्रसंघबाट तत्काल एक लाख डलरका दरमा जनही क्षतिपूर्ति पाउने भएका छन् ।

क्षतिपूर्ति रकमबारे इस्लामावादस्थित नियोगमा जानकारी आए पनि लिखित पत्र आइनसकेको प्रथम सचिव दुर्गा भण्डारीले बताए । मृतक नेपालीमा दुलेगौंडा, बेलचौतारा-८ तनहुँका मीनबहादुर थापा, बरान्जा-९ म्याग्दीका छविलाल पुर्जा पुन, बेलवास-१५, बुटवल रुपन्देहीका नारायणबहादुर थापा मगर र भद्रकाली-३, पोखरा कास्कीका दिलप्रसाद गुरुङ रहेका छन् ।

घटनामा घाइते भएका उपचाररत अन्य दुई नेपाली सुरक्षागार्डको स्वास्थ्य सकुशल रहेको भण्डारीले बताए । 'राष्ट्रसंघीय निकायलाई शव जतिसक्दो चाँडो नेपाल फर्काउन आग्रह गरिरहेका छौं,' भण्डारीले भने, 'यही सातामा सबै प्रक्रियाको टुंगो लाग्नेछ ।'
Source:Kantipur News

Posted by Butwalonline on 12:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफगानिस्तान सुरक्षागार्डको मृत्यु: परिवारलाई १/१ लाख डलर क्षतिपूर्ति"

Leave a reply