|

घाइते मन्त्रीलाई भेटेपछि प्रधानमन्त्रीले भने-'अपराधी उम्किने छैन'

काठमाडौ, चैत्र २९ - प्रधानमन्त्री झलनाथ खनालले अज्ञात समूहको आक्रमणबाट घाइते भएका  नवनियुक्त उर्जामन्त्री गोकर्ण विष्टलाई अस्पतालमा भेटेका छन् । अज्ञात समूहले सोमबार साँझ विष्टमाथि गोंगवु टाउनप्लानिङस्थित घर नजिकै खुकुरी प्रहार गरी आक्रमण गरेका थिए ।
सोहृखुटेस्थित मनमोहन अस्पतालमा उपचाररत विष्टलाई भेटेपछि प्रधानमन्त्री खनालले आक्रमणकारीहरु चाँडै कानूनी दायारामा आउने बताए । उनले अपराधी उम्किन नसक्ने दावी गरे । केही दिन यता राजधानीमा आपराधिक गतिविधि बेढेको छ । आइतबार साँझ न्यु प्लाजा भित्र गोली हानी व्यवसायी अन्जनीकुमार चाचानको हत्या गरिएको थियो ।
 Source:Kantipur News

Posted by Butwalonline on 7:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घाइते मन्त्रीलाई भेटेपछि प्रधानमन्त्रीले भने-'अपराधी उम्किने छैन'"

Leave a reply