|

काम छैन रेखासँग !

केही समय नेपाली चलचित्र क्षेत्र रेखामय नै भएको थियो । खुलेर अङ्प्रदर्शन गर्ने भएकाले होला निर्माता/निर्देशकले कामुक रेखा थापालाई नै चलचित्रमा लिन तँछाड मछाड गर्थे । करिष्मा मानन्धर अमेरिका लागेपछि जल शाह्, विपना थापा, निरुता सिंहको अभिनय र सौन्दर्य बिकेको थियो केही समय ।
उनीहरूको पनि बैंस घटेपछि रेखाले एकलौटी बजार जमाएकी थिइन् चलचित्र मण्डीमा । तर यतिबेला उनी फिल्मविहीन भएकी छिन् रे । चलचित्र निर्मातासमेत भएकी रेखा कामविहीन भएको हल्ला चलचित्र वृत्तबाटै आएको हो । रेखा फिल्म नै नपाएर खालि नै बनेकी चाहिँ होइनन्, तर पहिलेजस्तो मारामार छैन उनलाई । अफर आएका फिल्ममा समेत उच्च पारिश्रमिकको ‘डिमान्ड’ गरेपछि उनी अभिनयबाट टाढै रहनुपरेको हो ।
निर्माता/निर्देशकले अन्य नायिकाले काम चलाएपछि उनले अभियनबाट फुर्सद पाएकी हुन् । हुन पनि आफैँले निर्माण गरेको चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ प्रदर्शनका लागि अस्ट्रेलिया पुगेर डेढ महिनाअघि फर्केकी उनले त्यसपछि कुनै चलचित्रमा काम गरेकी छैनन् ।
५० हजारदेखि एक लाख रुपियाँसम्म पारिश्रमिक लिने रेखाले एकाएक तीन लाख रुपियाँ मागेपछि तर्सेका निर्माताले त उनलाई लिएनन् लिएनन्, उनको पारिश्रमिक सुन्ने अन्य निर्माता पनि तर्सेर उनलाई आँट गर्न छाडे । उनले दुई महिना यता दीपक श्रेष्ठको चलचित्र ‘वीर’ मा अभिनय गर्दैछिन्, यसै साताबाट । कसले चोरो मेरो मन, हिम्मत, किस्मत, हिफाजतजस्ता चलचित्रबाट सफल निर्मात्रीको रूपमा चिनिएकी उनी वैशाखबाट आफ्नै चलचित्र ‘अन्दाज’मा व्यस्त हुने भएकी छिन् ।
Source:Onlinekhabar

Posted by Butwalonline on 10:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काम छैन रेखासँग !"

Leave a reply