अफगानिस्तानमा ४ नेपाली मारिएको पुष्टि
काठमाडौ, चैत्र १९ -
अफगानिस्तानको मजार-ए-सरिफस्थित राष्ट्रसंघीय कार्यालयमा धार्मिक समूहले शुक्रबार अपराह्न गरेको हमलामा चार नेपालीको हत्या भएको पाकिस्तानस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
अफगानिस्तान मामिलासमेत हेर्ने इस्लामाबाद नियोगका प्रथम सचिव दुर्गा भण्डारीका अनुसार मीनबहादुर थापा, छविलाल पुर्जा पुन, नारायणबहादुर थापा मगर र दिलप्रसाद गुरुङको मृत्यु भएको
हो । उनीहरूको जिल्ला खुल्न सकेको छैन । घटनामा अर्का एक नेपाली घाइते भएको भण्डारीले जानकारी दिए । आक्रमणमा राष्ट्रसंघका स्विडेनेली, नर्वेली र रोमानियाली तीन वरिष्ठ कर्मचारीको समेत निधन भएको छ ।
'मृतक नेपालीको शव नेपाल लैजान राष्ट्रसंघीय प्रक्रिया र आवश्यक प्रमाणीकरणको काम भइरहेको छ,' प्रथम सचिव भण्डारीले कान्तिपुरसँग फोनमा भने । राष्ट्रसंघीय निकायमा सुरक्षा गरिरहेका बेला जीवन बलिदान गर्ने नेपालीको मृत्युमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले शोक सन्देश जारी गरेकी छन् । 'हामी गोर्खा जवानले राष्ट्रसंघीय सुरक्षामा देखाएको साहसको प्रशंसा गर्छाैं,' विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, अफगानिस्तानस्थित राष्ट्रसंघीय निकायमा सुरक्षागार्डको रोजगारीमा पठाउने काठमाडौंस्थित युनिभर्सल कनेक्सन प्रालिका निर्देशक माधव अधिकारीका अनुसार शुक्रबारको घटनामा टाउको काटिएर मारिएका
विदेशी नागरिक हुन् ।
'मृतकको शवलाई सक्दो छिटो नेपाल ल्याउन राष्ट्रसंघीय निकाय, इस्लामाबादस्थित नेपाली नियोगबीच समन्वयको काम भइरहेको छ,' अधिकारीले भने ।
Source:Kantipur News