|

रणवीरसिंह मारिए

काठमाडौ, चैत्र १७ -
तराईका जिल्लामा बम विस्फोटलगायतका गतिविधि गरी आएको समूहका एक अगुवा भारतमा मारिएका छन् । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका रौतहट जिल्ला अध्यक्ष रणवीरसिंह भनिने प्रभु पटेल मारिएका हुन् ।

पटेललाई अज्ञात समूहले भारतको मोतिहारीस्थित घोडासन १ नम्बर रोडमा गोली हानी हत्या गरेको हो । छातीमा गोली लागेर घाइते भएका उनको घोडासनको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उक्त समूहका भोजपुरा इन्चार्ज अजय सिंहले नेपाल प्रहरीले हत्या गरेको दाबी गरेका छन् । तर प्रहरीले अस्वीकार गरेको छ । रौतहटका प्रहरी प्रमुख एसपी पीताम्बर अधिकारीले पटेल मारिएको खबर सञ्चारकर्मीबाट थाहा पाएको बताउँदै उक्त घटनामा नेपाल प्रहरीको संलग्नता नरहेको दाबी

गरे । उनले रणवीर सिंहसहितको समूहले तराईमा आपराधिक गतिविधि गर्दै आएको बताए ।

'उनी मान्छेलाई धम्क्याएर पैसा असुल्ने अपराधिक समूहमा आबद्ध थिए,' एसपी अधिकारीले भने, 'उनीहरूको आपसी लेनदेन नमिल्दा अर्को समूहले हानेको हुनसक्छ ।' पटेल समूहले गत शुक्रबार रौतहटमा चल्ने सार्वजनिक सवारीमाथि बम विस्फोट गराउँदा १३ जना घाइते भएका थिए । गत फागुन २१ गते रूपन्देही जिल्लामा गस्तीमा गएको प्रहरीमाथि आक्रमण गर्न खोज्ने उक्त समूहका रूपन्देही इन्चार्ज भगवान् सिंह भनिने कृपासान्त साह प्रहरी कारबाहीमा मारिएका थिए ।

Source:Kantipur News

Posted by Butwalonline on 1:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रणवीरसिंह मारिए"

Leave a reply