|

मलेसियामा नेपालीको हत्या

क्वालालम्पुर , चैत्र १७ -
मलेसियाको जोहोर, कुलाइजयास्थित विलिनियम प्लास्टिक कम्पनीमा कार्यरत एक नेपालीको अज्ञात समूहले हत्या गरेको छ । सर्लाहीको सिसौतिया-२ का चन्दि्रकाप्रसाद यादवको मंगलबार मध्यराति तीन जनाको समूहले छुरा प्रहार गरी हत्या गरेको हो ।

उक्त समूहले राति १२.३० बजे यादवलाई बसेकै घरमा आक्रमण गरेको बताइएको छ । आक्रामणबाट उनको घटनास्थमै मृत्यु भएको थियो । सोही आक्रमणबाट घाइते भएका सर्लाहीका अरविन्द्र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय मूलकी ती स्थानीय युवतीसँग शारीरिक सम्बन्ध राखेको भन्दै उक्त समूहले आक्रमण गरेको तुलबहादुर गाहाले घाइते पासवानलाई उद्धृत गर्दै बताए । आक्रमणपछि पासवान भाग्न सफल भएका थिए ।

स्थानीय प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । मृतक यादव र घाइते पासवान करिब दुई वर्षअघि काठमाडौं तीनकुनेस्थित एसटुएस म्यानपावर मार्फत मलेसिया आएका थिए । यादवको शव पोस्टमार्टमका लागि अहिले कुलाईस्थित अस्पातालमा राखिएको र नेपाल फर्काउन आवश्यक पहल भइरहेको छ । मृतक यादवका एक श्रीमती र एक छोरा छन् ।

Source:Kantipur News

Posted by Butwalonline on 1:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा नेपालीको हत्या"

Leave a reply