|

जिप खस्दा ३ को मृत्यु

इलाम , चैत्र १७ -
वरबोटे १ तोरीबारीमा जिप खस्दा बिहीबार एकै गाउँका तीनजनाको मृत्यु भएको छ । १२ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा शान्तिडाँडा-३ का १३ वषर्ीय रोशन राई, शान्तिडाँडा ३ कै ५२ वषर्ीय मानबहादुर सुब्बा र २ का ५५ वषर्ीय तिलकसिंह राई रहेको प्रहरीले जनाएको छ ।

शान्तिडाँडाबाट इलाम बजार आउँदै गरेको मे१ज ३५४ नम्बर जिप उकालोमा ब्रेक फेल हुँदा

पल्टेको थियो । सडकबाट करिब १५ मिटर तल खस्दा जिपले नै किचेर यात्रुको ज्यान गएको प्रहरीको भनाइ छ । घाइतेमध्ये शान्ता लिम्बू, सविन श्रेष्ठलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

सडक उकालो भएकाले एकाएक गाडी पछाडि सर्दा सडक छाडेको थियो । क्षमताभन्दा केही धेरै यात्रु सवार रहेको स्थानीयवासीले बताए । 'मोटरको जोइन्ट चुँडिएर एकाएक पछि सर्दा चिप्लो भएकाले ब्रेक नलाग्दा घटना भएको हो,' उद्धारमा संलग्न सोमनाथ खतिवडाले भने ।
Source:Kantipur News

Posted by Butwalonline on 1:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप खस्दा ३ को मृत्यु"

Leave a reply