रुपन्देहीका मजदुर आन्दोलित
४ चैत्र, बुटवल । तलवबृद्धिको माग गर्दै रुपन्देही जिल्लाका मजदुरहरुले पनि आन्दोलन सुरु गरेका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघ, नेपाल ट्रेड यूनियन कांग्रेस र नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)ले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले उद्योग प्रतिष्ठानको मुख्यद्वारमा ‘हाम्रो माग पूरा गर’ लेखेको कालो व्यानर टाँगेका छन् । ९ देखि ११ गतेसम्म बिहान १ घण्टा उद्योग प्रतिष्ठानको परिषरमा नारा जुलुससहित कोणसभा गर्ने अनि काममा फर्किने र सो समयसम्म पनि माग सुनुवाई नभए १२ गतेदेखि देशव्यापिरुपमा उद्योगधन्दादेखि यातायात सबै बन्द गर्ने मजदुरहरुले बताएका छन् ।
मजदुरहरुको आन्दोलन पूरा गर्न उद्योगीहरु गंभिर नदेखिएमा सशक्त आन्दोलनको विकल्प नभएको नेपाल ट्रेड यूनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ बताउनु भयो ।
