'अमेरिकी हतियारमा नेपाली चासोले भारत निराश किन?'
नयाँदिल्ली, चैत्र ३ -
करिब ८ वर्षअघि माओवादी सशस्त्र विद्रोह दबाउन नेपाल सरकारले राइफलका लागि कहिल्यै आफूलाई अनुरोध नगरेको तथा तात्कालीन समयमा अमेरिकाले दिन लागेको अत्याधुनिक एम १६ राइफललाई नेपालले प्राथमिकता दिएको विषयले भारत निराश बनेको विकिलिक्सले खुलासा गरेको छ ।
तत्कालीन अमेरिकी दूतावासका उपप्रमुख रोबर्ट के बोग्स्ले २००३ प|mेबुअरी १४ मा अमेरिकी विदेश मन्त्रालयलाई पठाएको इलेक्ट्रोनिक सूचना अर्थात् केबलमा उक्त कुरा उल्लेख छ ।
'आधुनिक कम्ब्याट राइफलका लागि नेपालले गरेको अनुरोधलाई तत्काल पूरा हुनुपर्ने प्राथमिकताका रूपमा भारत सरकारजस्तै अमेरिकी सरकारले प्रतिक्रिया दिने कोसिस गरिरहेको छ । नेपालीहरूले आफूलाई आवश्यक पर्ने हतियारका लागि कहिल्यै अनुरोध न गरेको र अमेरिकी एम १६ राइफललाई अग्रपंक्तिको हतियारका रूपमा प्राथमकिता दिएको विषय भारतीयहरूका लागि निराशापूर्ण भएको छ । यसका धेरै कारण छन्, कूटनीतिक, आर्थिक, सामरिक र मनोवैज्ञानिक । भारत सरकार आफैं पनि विदेशबाट साना हतियार ल्याउने दिशातर्फ अघि बढिरहेका बेला पनि ऊ नेपाली सेनालाई भने हतियारका लागि आफूमाथि पूर्ण निर्भर होस् भन्ने चाहन्छ,' केबलमा लेखिएको छ ।
नेपाललाई अमेरिकाले उपलब्ध गराएको सुरक्षा सहयोगप्रति भारतको धारणा जटिल रहेको बोग्स्ले केबलमा उल्लेख गरेका छन् । अमेरिका र बेलायतको सुरक्षा सहयोगलाई भारतका केही तत्त्वहरूले सैनिक सहयोगको सन्दर्भमा नेपालमाथिको भारतीय प्रभाव कम गर्ने ढंगमा बुझेको उनले टिप्पणी गरेका छन् ।
'एकातिर भारतीयहरू नेपाल मामिलामा हामीहरूले उनीहरूसँग गरेको पारदर्शी छलफलबाट खुसी देखिन्छन् भने अर्काेतिर भारत सरकारका केही तत्त्वहरू भने प्रस्ट रूपमा अमेरिका र बेलायतको सैनिक सक्रियतालाई नेपालमा सैनिक सहायताको सन्दर्भमा आफ्नो लामो समयको प्रभाव पातलो पार्ने कोसिसका रूपमा बुझेको देखिन्छ,' उक्त केबलमा ती अमेरिकी अधिकारीले अमेरिकासँग नेपालले सैनिक सहायता लिएकै कारण भारतले आफूले नेपाललाई उपलब्ध गराउने भनेको इन्सास् राइफल रोकिदिएको हुनसक्ने शंका व्यक्त गर्दै भनिएको छ । 'यहाँस्थित भारतीय अधिकारीहरू अमेरिकाजस्तो तेस्रो पक्षको प्रवेशले नेपाल र भारतको सम्बन्धमा रहेको समस्या थप जटिल बन्नसक्ने बुझाइमा छन् ।
इन्सास् राइफल रोक्न भारत सरकारले गरेको भनिएको निर्णय पनि त्यही बुझाइबारे नेपाललाई सम्झना गराउने प्रयास भएको हामीलाई शंका छ ।' केबलमा उल्लेख छ । अमेरिकी सैनिक सहायतालाई लिएर काठमाडौंस्थित भारतीय सैनिक र गैरसैनिक प्रतिनिधिहरूबीच फरक मत रहेको पनि उनले उल्लेख गरेका छन् ।
'भारतीय कूटनीतिज्ञहरूले राम्ररी बुझेका छन् कि यति सानो विषय
-नेपाललाई हतियार सहायता) मा अमेरिका र भारतबीचको बृहत् प्रतिरक्षा संयोजनमा नकारात्मक
असर पार्न हुन्न भन्ने । तर अर्काेतिर भारतीय गुप्तचर अधिकारीहरू भने नेपालसँगको पुरातन सम्बन्ध र स्थानीय सैनिक जोडघटाउमा केन्दि्रत जस्तो देखिन्छन् । उनीहरूले सैनिक सहायतामा हाम्रो सम्भावित प्रतिस्पर्धाप्रति असहजता झल्काउन चाहेको देखिन्छ,' केबलमा भनिएको छ ।
अमेरिका र बेलायतको सैनिक सहायता विद्रोही माओवादीलाई युद्धविराम र राजनीतिक संवाद रोज्न आश्वास्त तुल्याउन सक्ने कारण बन्ने केबलमा उल्लेख छ । खासगरी एम १६ राइफल उपलब्ध गराउने अमेरिकी निर्णयले माओवादीलाई वार्ताको टेबुलमा ल्याउनेमा महत्त्वपूर्ण भूमिका खेल्ने तात्कालीन नेपाल सरकारले प्रस्ट पारेको बोग्सले लेखेका छन् ।
Source:Kantipur News