विकिरण यहाँ आइपुग्ला ?
अतुल मिश्र
काठमाडौ, चैत्र १ -
फुकुसिमा एटोमिक प्लान्ट विस्फोटसँगै फैलिएको विकिरण रुससम्म पुगिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् । स्वयं जापानको राजधानी टोकियोमा पनि यसको प्रभाव पुगेको जनाइएको छ । त्यहाँ आम सर्वसाधारणलाई विकिरणबाट बचाउन घरभित्रै बस्ने सल्लाह दिइएको छ ।
नेपालमा नि ? यसको प्रभाव फैलनसक्ने भन्दै मंगलबार धेरैका मोबाइलमा एसएमएस सञ्चार गरिए । तैपनि विशेषज्ञहरू आत्तिइहाल्नु पर्ने अवस्था नभएको बताउँछन् । 'विकिरण नेपाल भित्रिने सम्भावना निकै कम भए पनि आउँदैन भनेर ठोकुवा गर्न सकिँदैन,' त्रिवि केन्द्रीय भौतिकशास्त्र विभागका डा. राजु खनालले भने, 'हावापानी र वातावरणमा रहेको रेडियो विकिरण वषौर्ंपछिसम्म पनि कुनै न कुनै माध्यमबाट फैलन सक्छ ।' त्यहाँ उत्पादित खाद्य सामग्री, कारलगायत वस्तुबाट सय वर्षपछिसम्म पनि रेडियो एक्टिभ पदार्थ भित्रिने सम्भावना भएकाले यसको कडा अनुगमन हुनुपर्ने उनले बताए ।
'मुलुकमा प्राकृतिक विकिरणको नक्सा नभएकाले कहींबाट एक्कासि भित्रिएको रेडियो एक्टिभ पदार्थले विकिरणको स्तर बढाए/नबढाएको किटान गर्न सकिने स्थिति छैन,' सोही विभागका प्रा.डा.उदयराज खनालले भने, 'हामीलाई मुलुकमा भएको विकिरणको मात्रा नै थाहा छैन भने कसरी भन्ने बढ्यो कि घट्यो ?' सरकारले २०४६ सालमा 'रेडिएसन म्यापिङ' कार्यक्रम राखे पनि हालसम्म प्राकृतिक विकिरणको नक्सा तयार हुन सकेको छैन ।
मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार जापानी आकाशको हावा पश्चिमबाट पूर्वतिर जाने भएकाले हामीकहाँ विकिरण आउने सम्भावना खासै छैन । भौगोलिक दृष्टिले जापान हामीभन्दा पूर्व छ । जापानको पूर्वतिर समुद्र, अलास्का, क्यानडा र टापुहरू पर्छन् ।'
यस दृष्टिले हावाका माध्यमबाट सामान्यतया विकिरण नआउनुपर्ने भए पनि यसलाई शतप्रतिशत ठोकुवा गर्न नसकिने डा. राजुले बताए ।
'परमाणु दुर्घटनामा प्रायः सही कुरा भनिँदैन । स्थानीय सरकार होस् वा आईएईए सबैले जनतामा आतंक उत्पन्न हुन नदिन खासै क्षति नहुने बताइरहेका हुन्छन् ।' उनले भने, 'एक पटक वातावरणमा आइसकेको विकिरण सयौं वर्षसम्म रहिरहन्छ, रेडियो एक्टिभ पदार्थको समस्या नै यही हो ।' त्यसैले रेडियो एक्टिभ फैलिएको ठाउँका उत्पादन भविष्यमा समेत उपयोग गर्नबाट जोगिनु पर्छ ।
'रिएक्टरलाई चिसो पार्न उपयोग गरिएको समुद्रको पानीमा समेत रेडियो एक्टिभ पदार्थ हुन सक्छ,' प्रा. डा. खनालले भने, 'त्यो पानी खाने माछाले विकिरण बोक्छ र त्यस्तो माछा खाने व्यक्तिमा समेत यसको अंश पुग्छ ।'
'त्यहाँ उत्पादित, कारमा समेत रेडियो सक्रियता हुन सक्छ, त्यसैले यसको परीक्षण जारी राख्नुपर्छ,' जापान दुर्घटनाको विकिरण १० औं वर्षपछि समेत नेपाल आउन सक्ने औंल्याउँदै डा. खनालले भने, 'विदेशबाट आउने खाद्यान्नमा रेडियो एक्टिभ पदार्थ परीक्षण गर्ने प्रावधान रहे पनि कारलगायत सामानहरूमा हालसम्म त्यस्तो व्यवस्था छैन ।'
Source:kantipur News