|

आफ्नै छोराको घाँटी थिचेर हत्या

२ चैत्र, सल्यान । खलङ्गा ६ निवासी चीजमाली विकले गएराति आफ्नै छोराको घाँटी थिचेर हत्या गरेकी छन् । २५ वर्षीय विकले गए राति सुतेको अवस्थामा आफ्नै ६ महिने छोरा सुनिल विकको हत्या गरेकी हुन् ।
विकको मानसिक सन्तुलन ठीक नभएकाले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तीन छोरी रहेका विकका सुनिल एक मात्र छोरा हुन् ।
विकले प्रहरी सामु हत्या गरेको स्वीकार गरेकी छन् । हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक सुनिल विकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।
Source:onlinekhabar

Posted by Butwalonline on 12:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्नै छोराको घाँटी थिचेर हत्या"

Leave a reply