सुनामीग्रस्त क्षेत्रका ५७ नेपालीलाई टोक्यो ल्याइयो
२ चैत, टोक्यो । जापानको सुनामीग्रस्त फुकुसिमा तथा सेन्दाईमा अलपत्र परेका नेपालीलाई नेपाली राजदूतावास तथा गैरआवासीय नेपालीहरुको पहलमा टोक्योतर्फ ल्याइएको छ ।
नेपाली राजदूतावासद्वारा गठित उद्धार उपसमितिको पहलमा फुकुसिमामा रहेको १३ तथा सेन्दाइमा रहेका ४४ जनालाई टोक्योतर्फ ल्याइएको उपसमिति संयोजक एवं गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य अरुणकुमार श्रेष्ठले टोक्यो नेपाल डटकमलाई जानकारी दिनुभयो ।
फुकुसिमाका १३ नेपालीलाई रिसिभ गरेर टोक्यो फर्कदै गरेका श्रेष्ठले टेलिफोनमा भन्नुभयो-’ धेरैजसो नेपालीहरु आफ्नै पहलमा सुरक्षितस्थानतर्फ लाग्नुभएछ, बाँकी रहेका र हाम्रो सम्पर्कमा आएका १३ जनालाई लिएर टोक्योतर्फ आउँदै छौ ।’ यसअघि त्यहाँ करिव ५० जना नेपाली रहेको अनुमान गर्दै सोही क्षमता बस लिएर उद्धार उपसमितिका तीन सदस्यहरु श्रेष्ठ, प्रकाश पौडेल माइला र देवीलाल भण्डारीसहितको टोली फुकुसिमातिर लागेको थियो । उद्धार गरि ल्याइएकामध्ये ६ जना बिद्यार्थी, ६ जना कुक र एकजना डिपेन्डेन्ट भिषामा रहेकी महिला छिन् ।
हाम्रो सम्पर्कमा आएका सवैलाई लिएर आएका छौ, हाम्रो बिश्वास छ अब फुकुसिमामा नेपालीहरु छुटेका छैनन- श्रेष्ठले भन्नुभयो । फुकुसिमाको अवस्था अत्यन्तै कठिन र जटिल रहेको संयोजक श्रेष्ठले बताउनुभयो । गाडीमा उनीहरुलाई मयुर कर्पोरेसन जापानले उपलब्ध गराएको खुख्खा खाना तथा जुस खुवाइएको श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई टोक्यो पुराएर स्वास्थ्य परिक्षणा गराइने र टोक्योमा आफन्त वा साथीभाइ नभए खान बस्नका लागि ब्यबस्था गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
यसैवीच सेन्दाइमा रहेका ४४ नेपालीहरुले आफै बस रिजर्भ गरि टोक्योतर्फ लागेका छन । सेन्दाइ र फुकुसिमाबाट आएका दुवै समुह राती २ बजेसम्ममा टोक्यो पुगिसक्ने श्रेष्ठले जानकारी दिनुभयो । सेन्दाइका नेपाली सुरुमा निगाताकालागि हिडेपनि पछि उद्धार उपसमितिसंग समन्वय गरि टोक्योतर्फ लागेको श्रेष्ठको भनाइ छ । जम्मा ४४ जना नेपाली लिएर बस टोक्योतर्फ लागेको पीडित दीपेन्द्र पौडेलले टोक्यो नेपाल डटकमलाई जानकारी दिनुभयो । उनीहरु टोक्यो आइपुग्दा स्वागत गर्ने तयारी भइरहेको छ ।सेन्दाइमा बाँकी रहेका नेपालीलाई लिन बिहीवार बस लिएर सेन्दाइ जाने योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार स्थानीय नेपाली समुदायको उपस्थीतिमा दूतावासमा बसेको वैठकले भिन्न चार समिति गठन गर्दै उद्धार प्रकृयालाई तिब्रता दिने निर्णय गरेको थियो ।
यसैवीच सुनामीग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुको अस्थायी खाने बस्ने प्रबन्धका लागि नेपाली समुदायले चन्दा संकलन तिब्र पारेका छन् । मंगलबारमात्रै करिव १६ लाख येन जम्मा भएको थियो भने थप रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ ।
Source:onlinekhabar