|

विस्फोटमा घाइते एकको मृत्यु

बुटवल, चैत्र १४ -
बुटवलमा भएको बम विस्फोटमा सख्त घाइते एक जनाको सोमबार मृत्यु भएको छ ।

ब्ुाटवलमा उपचार हुन नसकेपछि काठमाडौं लैजाँदै गर्दा पहिचान नखुलेका अन्दाजी ३५ वषर्ीय एक पुरुषको चितवनमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी दानबहादुर कार्कीले बताए । उनको शव अहिले लुम्बिनी अञ्चल अस्पतालको शवगृहमा छ । घटनामा घाइते भएका २२ मध्ये गम्भीर ७ जनाको काठमाडौं र चितवनमा उपचार भइरहेकोे छ । अन्य १२ घाइतेको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार साँझ भैरहवाबाट बुटवल आउँदै गरेको लु१ख ३६६६ नम्बरको माइक्रोबसमा बुटवलको मिलनचौकस्थित मिलन चलचित्र मन्दिरअगाडि यात्रु झार्दै गरेको अवस्थामा विस्फोट भएको थियो । विस्फोट कसले किन गराएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले बुटवलका चारै नाका र सम्भावित क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी खोजी तीव्र बनाएको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बताए ।

सुरक्षाका हिसाबले मजबुद मानिने बुटवलको व्यस्त बजारमै एकाएक बम विस्फोट भएपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । 'यो घटनाले हामी एकदमै आतंकित भएका छौं,' बुटवलका प्राध्यापक विमलबहादुर शाक्यले भने, 'चारैतिर प्रहरी प्रशासन र चेकजाँच हुने स्थानमै यस्तो घटना भएपछि देशको सुरक्षा अवस्थामाथि नै प्रश्न चिह्न उठेको छ ।' विस्फोटका कारण सोमबार पनि बुटवल बजार सुनसान जस्तै रह्यो । घटनास्थल हेर्न र अस्पतालमा बिरामी भेट्न भने मानिसहरूको ओइरो लागेको थियो । बुटवल-भैरहवा चल्ने सवारीसाधनमा यात्रहरूको चाप घटेको थियो । विस्फोटको विभिन्न संघसंस्थालेे भत्र्सना गरेका छन् । इन्सेक पश्चिम क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गरी स्थानीय प्रशासनलाई नागरिकको जीउधनको सुरक्षा गर्न आग्रह गरेको छ ।

Source:Kantipur News

Posted by Butwalonline on 9:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विस्फोटमा घाइते एकको मृत्यु"

Leave a reply