आदिवासि जनजाती महासघ युएई द्धारा अन्र्तकृया कार्यक्रम सम्पन्न
गितामणि पाण्डे युएई डेस्क,गत सुक्रवार युएईको सारजाहमा रहेको नेपाली मदिना आर रेष्टुरेन्टमा नेपालवाट आएका भुत पुर्व मन्त्रि नेपाल मगर सघ सल्लाहकार गोरेवहादुर खापाङगे सग आदिवासि जनजाति महासघ युएई द्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।गिरमानथापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गोरेवहादुर खापाङ्गगे विषेश अतिथी यम तमु अतिथीहरुमा राजु गुरुङ्ग , गुन्जमान गुरुङ्ग , नुन प्रसाद सोमै ,मुन्चे राई , पासाङ्ग शेर्पा , नेत्र नारायण थनेत लगायत सघ सस्थाको प्रतिनिधीहरुको उपस्थित रहेको कार्यक्रमको सन्चालन सरोज पनियाङगोले गरेका थिए ।
भोजराज घलेको स्वागत मन्तव्य वाट चलेको उक्त्त कार्यक्रममा सवै वक्ताहरुले मन्तव्य दिदै गोरे वहादुर खापाङ्गगे लाई खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रमुख अतिथीको वोल्ने क्रममा आफुलाई मगर सघ युएईले मगर दिवसको अवसरमा अतिथीको रुपमा युएईमा आमन्त्रित गरि वोलाईए पनि विभिन्न जात जातिका सघ सस्था सग भेट गर्ने अवसर प्रदान गराएकोमा खुसि व्यक्त गर्दै मगर सघ युएईलाई धन्यवाद दिदै आफु मगरको मात्र नेता नभएको र सवै जन जातिहरुको नेता भएको कुरा पनि औल्याएका थिए । मैले चार दशक अगाडि देखि आफुले उठाएको जनजातिको मुद्धालाई हाल आएर सवै समुदायका नेताहरुले पनि उठाई अघि वढाएकोमा आफनो सपना साकार हुन लागेकोमा खुशि व्यक्त गर्दै सवै मिलेर जानु पर्नेमा समेत जोड दिएका थिए । उपस्थितहरुले उठाएका प्रश्नको जवाफ सहजै ढङ्गले छोटो मिठो परि पु–याएर सरल भाषामा चित्त वुभने गरि दिएका थिए भने नेपालमा जनजातिहरुको भुमिका सुन्य रहेको आफुले महसुस गरेको वताए आगामि दिनमा यस्तो ढङ्गले अगाडि वढेमा जनजातिहरुले केहि पनि नपाउने तर्क गरे ।
अन्तमा सभापति द्धारा कार्यक्रममा उपस्थित हुने सवैमा धन्यवाद दिदै समापन भएको घोषणा गरेका थिए ।
