बसको ठक्करबाट एकजना एसएलसी परीक्षार्थीको मृत्यु
सप्तरी, चैत २- एसएलसी परीक्षा दिएर बाहिर निस्केलगत्तै आज सप्तरीमा एकजना परीक्षार्थीको बसको ठक्करले मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको मोहनपुरस्थित कठौनामा बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा बनरझुला गाविसकी शशीकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ।
भगवतपुर उच्चमावि परीक्षा केन्द्रबाट पहिलो दिनको परीक्षा दिएर निस्केलगत्तै राजविराजबाट सिरहा माडरतर्फ जाँदै गरेको ना४ ख २११४ नम्बरको बसले उनलाई ठक्कर दिएको हो।ठक्कर दिने बसलाई प्रहरी चौकी कठौनामा राखिएको छ भने मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरीले जनाएको छ।दुर्घटनापछि स्थानीयवासीले ठक्कर दिने बसका चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौनामा चक्काजाम गरिरहेका छन्।स्रोत : नागरिक न्युज