क्यान्सर पीडितको उपचारका लागि आर्थिक संकलन जारी
सीता भण्डारी,गुल्मी, फागुन २१ । ब्लड क्यान्सरबाट पिडित बनेका गुल्मी हस्तिचौर गाविस ६ का एक वालकको उपचारका लागि सहयोग संकलन कार्य जारी रहेको छ। हस्तिचौर गाबिस ६ छल्दी टार निवासी ब्लड क्यान्सरबाट पिडित बर्ष १३ का रमेश घिमिरेको आर्थिक अभावमा उपाचार गर्न नसकेको भन्दै परिवारजनले सहयोगको अपिल गरेपछि घिमिरको उपचारका लागि आर्थिक सहयोग संकलन कार्य चलिरहेको छ।
घिमिरेको उपचारार्थ छिमेकी बिद्यालयका बिद्यार्थीहरुले पनि आर्थिक संकलन कार्यलाई सक्रियता देखाएका छन। सोही क्रममा घिमिरेको उपचारका लागि नेपाल जुनियर रेडक्रस सर्कल रामराज्य माध्यमिक विद्यालय इश्मा दोहोलीले ८ हजार ९ सय २३, ठाडुङ्गा माध्यमिक बिद्यालय दर्लामचौरले ३ हजार, हिमालय उच्च माध्यमिक विद्यालय धुर्कोट बस्तुबाट ५ हजार रुपैयाा सहयोग प्राप्त भएको पालुखा माध्यमिक विद्यालयका शिक्षक नायक सुरेन्द्र पाण्डेयले जानकारी दिनुभयो। काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराइरहेका रमेश घिमिरेलाई उपचार गर्न ठुलो रकम लाग्ने भएकाले आफुसाग उक्त रकम नुहादा उपचारमा समस्या भएको परिवारजनले वताएका छन। घिमिरेको सहयोगका लागि स्वदेश तथा विदेशमा रहने सम्पुर्ण आफन्तजन तथा आम नेपाली दाजुभाई, दिदीवहिनीलाई उनका वुवा रामवहादुर घिमिरेले आग्रह गर्नुभएको छ। सहयोगका लागि काठमाण्डौमा रहेको राष्ट्रिय वाणिज्य वौक महाराजगञ्ज शाखामा रहेको वचन नं. ३५२४७ मा सहयोग रकम जम्मा गरिदिन वा ९८४७३५९५२९ मा सम्पर्क गरिदिन समेत अनुरोध गरेको छ। व्लड क्यान्सर भई उपचार गराईरहेका रमेश घिमिरे गुल्मीको हस्तिचौर गाविस ८ को पालुखा माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै छन। उनी यही आउादो चैत्र महिनामा सञ्चालन हुने एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थी हुन।