गुल्मी जिल्ला एमाले अध्यक्षमा पाण्डे निर्वाचित
सीता भण्डारी,गुल्मी, फागुन २१ । नेकपा एमाले गुल्मीको दशौं जिल्ला अधिवेशन टोमलाल पाण्डे अध्यक्षतामा आगामि तीन वर्षका लागि ५५ सदश्यीय नयाा नेतृत्व चयन गर्दै सकिएको छ।
नेकपा एमाले गुल्मीको शनिवारदेखि सदरमुकाम तम्घासमा शुरु भएको दशौं जिल्ला अधिवेशनले अध्यक्ष पद लगायत सम्पूर्ण पदहरुमा सर्वसम्वत रुपमा नेतृत्व चयन गर्दै सकिएको निर्वाचन अधिकृत गोपालप्रसाद खनालले जानकारी दिनुभएको छ। नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा मधुकृष्ण पन्त, सचिवमा सोमनाथ सापकोटा र सहसचिवमा वालसिंङ काउछा मगर निवििचत हुनुभएको छ। पार्टिका शिर्ष नेताहरुको दुई दिनसम्मको लामो प्रयासपछि मुख्य पदहरुमा आज अपरान्हतिर सर्वसम्मत वनेपनि अन्य सदश्यहरुमा भने वेलुका मात्र सर्वसम्मति वनेको थियो । अधिवेशनमा जिल्लाका ७९ गाउा विकास समितिवाट चार सय ३५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।