|

अपाङ्ग अश्रममा ५० हजारको अक्षयकोष स्थापना

बुटवल, २२ फागुन ।नेपाल अपाङ्ग आश्रम बुटवल १३ देविनगरमा नेवा सेवा समिति बुटवल १२ कालिका नगरले ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी समितिका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई चेक हस्तानान्तरण गरेका हुन । कार्यक्रममा नेवा सेवा समितिका कोषध्क्ष कृष्ण प्रधान र छविलाल श्रेष्ठ, नेवा सेवा महिला समितिका अध्यक्ष बसन्ती श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । दाताहरुकै सहयोगमा सञ्चालन भएको आश्रममा विभिन्न स्थानका २६ जना अनाथ अपाङ्ग वालबालिकाहरु आश्रीत रहेका छन ।

Posted by Butwalonline on 3:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " अपाङ्ग अश्रममा ५० हजारको अक्षयकोष स्थापना"

Leave a reply