|

लुम्बिनीबाट अखण्ड शान्तिदीप दक्षिण कोरिया लगिने

काठमाडौं, चैत ८ - बौद्ध धर्म प्रर्वतक गौतम बुद्ध नेपालको लुम्बिनीमै जन्मेका हुन् भन्ने विश्वलाई सन्देश दिन लुम्बिनीबाट अखण्ड शान्तिदीप दक्षिण कोरिया पुर्‍याइने भएको छ।दक्षिण कोरियास्थित नेपाली दूतावास र त्यहाँ रहेका नेपाली समुदाय बुद्धको जन्मस्थानसम्बन्धी भ्रम मेट्न यो अभियानमा लागेका हुन्। बुद्धजयन्तीको अवसरमा २०७० वैशाख २८ गते शान्तिदीप सोल पुर्‍याइँदैछ।

कतिपय भारतीय पुस्तक र चलचित्रमा गौतमबुद्ध भारतमै जन्मेको दाबी छ। यस्ता पुस्तक र फिल्म बेलाबखत नेपालमा समेत विवादमा आउने गर्छन्।बुद्धको जन्मस्थान लुम्बिनीबाट 'अखण्ड शान्तिदीप' दक्षिण कोरियाको राजधानी सोल पुर्‍याई त्यहाँस्थित बौद्ध गुम्बामा राखिने कार्यक्रम छ।'बुद्ध भारतमा जन्मेको भन्ने धेरैलाई भ्रम छ। यो भ्रम चिर्न अखण्ड शान्तिदीप लुम्बिनीबाट ननिभाई कोरिया लैजाने कार्यक्रम बनाइएको हो,' नेपाल-कोरिया व्यापार संघका निवर्तमान अध्यक्ष मदन केसीसँग भने, 'यसको अर्को उद्देश्य विश्वलाई शान्तिको सन्देश दिनु हो।'

लुम्बिनीबाट शान्तिदीप हवाई, स्थल तथा जलमार्गमध्ये कुनबाट लैजाने भन्ने निर्णय भइनसकेको उनले जनाए। हवाई मार्गबाट लैजाने निर्णय भए लुम्बिनीबाट काठमाडौं र काठमाडौंबाट कोरिया जहाज चार्टर गरेर लगिने उनले जनाए। स्थल तथा जलमार्गबाट लग्ने निर्णय भए भारतको कलकत्ता हुँदै पानीजहाजमा लगिनेछ। केसीका अनुसार शान्तिदीप जहाज चार्टर गरी लैजाँदा ३ करोड रुपैयाँ र स्थल तथा जलमार्ग प्रयोग गर्दा एक करोड रुपैयाँमा कोरिया पुर्याथउन सकिनेछ। मार्ग तय गरेपछि लैजाने मिति घोषणा गरिनेछ।

'लुम्बिनीबाट अखण्ड शान्तिदीपलाई विशेष व्यवस्था गरी लैजान्छौं। ननिभाई कोरिया पुर्यारउन खास बक्सा तयार पारिएको छ,' यसका पहलकर्तामध्ये एक केसीले बताए।प्रत्येक बुद्ध जयन्तीको अवसरमा सियोलमा आयोजना हुने 'लोटस फेस्टिबल (महोत्सव)' मा विश्वभरबाट बौद्ध धर्मावलम्बी सहभागी हुन आउँछन्। २५ भन्दा बढि देशले यो महोत्वसमा सियोलका सडकमा बुद्ध सम्बन्धी आ-आफ्ना झाँकी प्रदर्शन गर्छन्। यस पटक नेपालले पनि यस्तो झाँकी प्रस्तुत गर्नेछ, जहाँ शान्तिदीप मुख्य आकर्षक हुनेछ।'महोत्सवमा लाखौं मानिस जम्मा हुन्छन्। सयौं सञ्चारकर्मी,' केसीले भने, 'यो दीप लैजाँदा एकसाथ लाखौंमा बुद्ध नेपालमा जन्मेको हो भन्ने सन्देश जान्छ।'

शान्तिदीप लैजान कोरियाका नेपाली नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ संयोजकत्वको आयोजक समिति बनाइएको छ। संरक्षकमा दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामालाई राखिएको छ। नेपाल सरकारले यसमा सघाउने उनले जनाए।शान्तिदीप सिओल लैजाने सम्बन्धमा गत पुस २२ गते कोरियास्थित नेपाली दूतावास र सियोल स्थित बौद्ध धर्मसम्बन्धी संस्था दु साङसाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सहमतिअनुसार सम्पूर्ण खर्च दु साङसाले व्यहोर्नेछ। शान्तिदीप महोत्सव चलिन्जेल प्रदर्शनीमा राखिने र सकिएपछि सिओलनजिकै पहाडको टुप्पामा रहेको दु साङसाको ठूलो गुम्बामा राखिनेछ।शान्तिदीप लैजान कोरियाबाट नेपाली राजदूत र दु साङसा प्रतिनिधि सम्मिलित करिब सय सदस्यीय एक उच्चस्तरीय टोली नेपाल आउने केसीले बताए।स्रोत :नागरिक न्युज

Posted by Butwalonline on 7:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीबाट अखण्ड शान्तिदीप दक्षिण कोरिया लगिने "

Leave a reply