|

अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अबसरमा अन्तक्र्रिया कार्यक्रम संपन्न

बुटवल, २५ फागुन ।  एकीकृत माओवादी निकट अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) रुपन्देहीको आयोजनामा  अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अबसरमा शुक्रबार बुटवलमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सो अवसरमा प्रमुख अतिथि अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष प्रभा ढकालले सत्ता र राजनीतिमा महिलाको समान सहभागिता हुनुपर्नेमा जोड दिएकी थिइन । सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म लैंगिक विभेद हट्न नसक्ने भन्दै उनले त्यसको लागि संघर्षमा उत्रिनुपर्ने बताइन ।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराईले संगठित भएर अघि बढेमा महिला आन्दोलन सफल हुने बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादी अवध राज्य सदस्य यज्ञ पोख्रेलले पनि महिला अधिकारका बारेमा धारणा राखेका थिए । एकीकृत माओवादी  रुपन्देही(४ इन्चार्ज प्रेम गुरुङ अखिल नेपाल महिला संघकी केन्द्रीय सल्लाहकार मैया भट्टराई, रुपन्देही क्षेत्र नं. ४ कि इन्चार्ज धनमाया कुंवर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा नं. १३ संयोजक मन्जु भुसालको अध्यक्षता र सञ्चालन वडा सचिव स्यामकला आचार्यले गरेकी थिइन । कार्यक्रममा  यसैगरी अनेमसंघ (क्रान्तिकारी)को आयोजनामा शुक्रवार रुपन्देहीको पर्रोहा, सालझण्डी, गजेडी, देवदह लगायतका ठाउ“मा स्थानीय स्तरमा ¥याली र सभा गरिएको छ । 

Posted by Butwalonline on 7:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अबसरमा अन्तक्र्रिया कार्यक्रम संपन्न "

Leave a reply