सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको २१ औं बार्षिक उत्सव संपन्न
रुपन्देही,२५ फागुन । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलले २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रम गरि मनाएको छ । अर्थविद् डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नेपालले शिक्षालाई आर्थिक क्षेत्रको विकासंग जोडेर लैजानुपर्ने बताउनुभयो ।
सामुदायिक क्याम्पसहरुले प्राविधिक शिक्षालाई महत्व दिनुपर्ने उहाको भनाई छ । रुपन्दहीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले सिद्धार्थले यस क्षेत्रमा शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै जिल्ला कार्यालयले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बुटवल बहुमुखि क्याम्पसका प्रमुख प्रकाश बन्धु रेग्मी,नेपाल पब्लिक क्याम्पस प्रध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे,क्याम्पसका संस्थापक सदस्य उषा सिंह,पब्लिक क्याम्पस प्रध्यापक संघ सिद्धार्थ क्याम्पस इकाई समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा,हिसानका केन्द्रिय सदस्य लोकनाथ उपाध्याय,उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुभाष पन्तले सामुदायिक क्याम्पसहरुले प्राविधिक र नया शिक्षालाई अबलम्बन गर्नुपर्ने खाचो औल्याउनुभयो ।
त्यसैगरि कार्यक्रममा ए माओबादीका कृष्ण पोखरेल,नेपाली काग्रेसका खेलराज पाण्डे,नेकपा माओबादीका शरद ओली,अनेरास्ववियूका जयश्वर पोण्डे, नेविसंघका जगदीश पोखरेल,अखिल क्रान्तिकारीका माधव पोखरेल,सुप्रिया खनाल, अखिल छैठौंका गणेश थापा लगायले शुभकामना मन्तब्य राख्नुभएको थियो । सो अवसरमा क्याम्पसका अध्यक्ष सुर्य प्रसाद प्रंधानले निकट भविष्यमै प्राविधिक शिक्षाका कक्षा संचालन गरिने बताउनुभयो । कार्यक्रममा विद्यार्थी शिक्षक र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । २०४८ सालमा स्थापना क्याम्पसमा विभिन्न संकायका स्नाकोत्तर तहसम्म पढाइ हुन्छ । क्याम्पसमा करिब ४ हजार विद्यार्थीले अध्ययन गर्ने विद्यालयले जनाएको छ ।