|

१०३ औं अन्तराष्टिय श्रमीक महिला दिवस मनाइयो

बुटवल २५ फागुन । अखिल नेपाल महिला संघ (एकीकृत)का पूर्व महासचिव दिपा सिटौलाले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि संघर्ष गर्नुको विकल्प नभएको बताउंनु भएको छ । उहांले प्रमुख चार दलको हैकमवादका कारण महिलाले प्राप्त गरेको सीमित अधिकार गुम्ने अवस्थामा पुगेको बताउंनु भयो । १०३ औं अन्तराष्टिय श्रमीक महिला दिवसको अवसरमा संघले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दैं सिटौलाले नीति,निर्माण र कार्यान्वयन तहमा महिलाको समान सहभागिता हुंनुपर्नेमा जोड दिनुभयो ।

 नेकपा एकीकृतका केन्द्रीय सदस्य प्रेम सुवेदीले अधिकारबाट बन्चित र विभेदमा पारिएका महिलाहरुको अधिकार स्थापित गर्न सशक्त संघर्ष गर्नुपर्ने बताउंनु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्धय लक्ष्मीकान्त पौडेल,चिन्तामणि शर्मा,अखिल नेपाल शिक्षक संघ (एकीकृत)का महासचिव ढकप्रसाद चापागाई,अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)का केन्द्रीय सदस्य राजु भुजेल,अखिल नेपाल महिला संघ (एकीकृत)का केन्द्रीय सदस्य तेजकुमारी थापा,पार्टीका रुपन्देही सचिव गिरबहादुर थापा,संघकी जिल्ला सदस्य शान्ता पन्त लगायतले बोल्नु भएको थियो । संघकी रुपन्देही अध्यक्ष निमकला पुनको अध्यक्षता,उपाध्यक्ष कमला गौतमको संचालन तथा सावित्री भुसालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 7:04 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१०३ औं अन्तराष्टिय श्रमीक महिला दिवस मनाइयो "

Leave a reply