|

ओढारमा एक झोला सकेट बम फेला

ज्ञानु गौतम,फागुन १३-बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानी गाउँमा एक झोला सकेट बम फेला परेको छ । झोलामा आठ वटा बम रहेकोको स्थानीय डम्मर बडुवालले जानकारी दिनुभयो । सुर्खेतको हरिहरपुर ९ तेलपानी गाउँको ओढारमा एक झोला बम देखेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

ओढारमा अरु थुप्रै बम हुन सक्ने स्थानीयबासीको अनुमान छ । कुनै अप्रिय घटना हुन नदिन स्थानीयबासीले बम भएको ठाउँमा कसैलाई जान दिएका छैनन् । प्रहरी पुग्न चार घण्टा लाग्ने भएकाले ओढार नजिक घर भएकाहरु डराएका छन् । द्वन्द्वकालमा माओबादीले पहाडको खोँचमा लुकाएको बम यसरी पटक९पटक भेटिने गरेको स्थानीयबासीको भनाई छ । गतवर्ष पनि निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेत तरङगा ७ हर्रेकाँडा नजिकै वालवालिकाले बेवारिसे अवस्थामा ४७ थान सकेट फेला परेका थिए ।

Posted by Butwalonline on 2:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ओढारमा एक झोला सकेट बम फेला "

Leave a reply