|

तनहु सेवा समाज दोहा,कतारको नया नेत्तृत्व चयन

नबराज खड्काथोकी,कतार, १४ फेब्रवरी , बैदेशिक रोजगारीको शिलसिलामा कतारमा आएका तनहुबासीहरु एकृकित हुदै उल्लेखनिय तनहुाबासीहरुको उपस्थितिमा  संस्थाका सस्थापक सदस्य भिम बा. थापा को सभापतित्वमा  एक विशेष भेला द्धारा टपफम रेष्टुरेण्ट दोहामा  अगामी कार्यकालको नयाा नेत्तृत्व अध्यक्ष मनिराज थापा सहित क्रमश प्र.उपाध्यक्ष सन्तोष थापा,द्धि.उपाध्यक्ष ज्ञानराज शाहि,महासचिव मुनाफ मियाा सचिव खुशीराम सिलवाल,कोषाध्यक्ष कृष्ण पाण्ड,ेसहकोषाध्यक्ष भरत मल्ल,सदस्यहरु रामबशी ठकुरी,हेमराज रानाभाट,प्रेम थापा,मिन बा.वि.क,प्रभु रानाभाट,लक्ष्मण कोइरला,नवराज लौडारी,विकाश सुनार,श्रीराम मल्ल,गणेश क्षेत्री,अक्कल परियार,तुल बा.दुरा,प्रेम काफ्ल,ेरित कुमार श्रेष्ठ सर्वसहमति द्धारा २१ सदस्य समिति चयन गरिएको छ ।नवनिर्बाचित पदाधिकारीहरु लाई संस्थाका पुर्व अध्यक्ष धन बा.परियार,पुर्व सल्लाहकार श्रीराम पौडेल,हिरालाल वि.क, नि.बर्तमान अध्यक्ष निमलाल कुमाल पुर्व उपाध्यक्ष भरत सुनार लगायत ले मन्तब्य मार्फत शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सस्थाको हित र भाबना अनुरुप सम्पुर्ण तनहुबासीहरुको उत्थानमा नयाा बनेको कार्य समिति लाग्नु पर्नेमा सभापति भिम बा. थापाले जोड दिएका थिए । साथै नबनिर्वाचित पदाधिकारी लाई सपथ ग्रहण समेत सोहि दिनमा नै थापाले नै गराएका थिए । उक्त भेलाको सञ्चालन नबराज वि.क ले गरेका थिए ।

संस्थाका कार्यसमितिको बहुमतले निमलाल कुमालको नेत्तृत्वमा भएमा विविध गलत कार्यहरु प्रति असहमति जनाई  राजिना दिदै साधरण भेला मार्फत झण्डै २ महिना पहिले संस्था विगठन भएको थियो । संस्था विगठन प्रश्चात योग्य तथा सक्षम नयाा कार्यसमिति निर्माणको लागी भेलाले दिपक खड्का को संयोजकत्वमा नबराज वि.क भिम बा.थापा, धन बा.परियार तथा हिरालाल वि.क को पााच सदस्य समिती लाई जिम्मा दिइएको थियो । उक्त समितीले नयाा कार्य समिती निमार्णमा महत्व पुर्ण भुमिका निर्वाह गरेका थिए । 

नबगठित कार्यसमितीको प्रथम बैठक सम्पन्न सल्लाहकार समिति गठनसस्थाका अध्यक्ष मनिराज थापा को अध्यक्षतामा सम्पन्न प्रथम बैठकले भेलाको समिक्षा गर्दै कार्यसमिति निर्माण तथा निर्वाचन समिति लाई धन्यबाद ब्यक्त गरिएको छ । साथै  पााच सदस्य सल्लाहकार समिति गठन गरेको छ । जसमा प्रमुख सल्लाहकार राजेश पन्थ, नबराज वि.क,दिपक खड्का,तोयनाथ पौडेल तथा श्रीराम पौडेल रहेका छन् ।

यहि आउदो १५ मार्च २०१३ का दिन तनहुबासीहरु विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सहित बनभोज कार्यक्रम समाल गार्डेनमा गर्ने निर्णय गर्दै सम्पुर्ण तनहुबासी तथा सदस्यहरु सहयोगी तथा शुभचिन्तकहरु लाई उपस्थितिका लागी आब्हन गरिएको छ । हरेक हप्ताको तेस्रो शुक्रबारका दिन बैठक बस्ने निर्णय गर्दै तनहुबासीहरुको लागी सदस्यता बितरण कार्य खुल्ला गरेको छ ।

Posted by Butwalonline on 2:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तनहु सेवा समाज दोहा,कतारको नया नेत्तृत्व चयन "

Leave a reply