बुटलको पुष्पलाल पार्कमा कुकर बम फेला
बिनोद परियार-बुटलको पुष्पलाल पार्कमा कुकर बम फेला परेको छ । आज हिान ६ बजे पार्कभित्र उक्त बम फेला परेको हो । नेपाल कम्यूनिष्ट पार्टी ९क्रान्तिकारी० लेखिएको पर्चा सहित बम फेला परेको प्रहरीले बताएको छ । बुटलको ब्यस्त सडकमा बम भेटिएकाले सर्वसाधरण त्रसित भएका छन् ।
पर्चाको साथमा हसिया हथौडा अंकित कम्यूनिष्ट पार्टीको झन्डा समेत भेटिएको छ । पर्चामा नेपाल संज्ञmमणकालमा रहेको र सर्वहारा जनताको अस्वस्था प्रति कसैले पनि काम नगरेको भन्दै जनयुद्धलाई निरन्तरता दिईएको उल्लेख छ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष जनपथको हस्ताक्षर रहेको पर्चामा कथित लोकतान्त्रीब गणतन्त्रीक संसदीय ब्यवस्था मुर्दाबाद,नया जनादी क्रान्ति जिन्दावाद,दीर्घकालिन जनयुद्धको निरन्तरतामा अघि बढौं जस्ता नारा लेखिएको छ ।मुलुक संक्रमणकालमा रहेको बेलामा यस्तो पर्चा सहित बम भेटिनुले मुलुकमा फेरी युद्धको त्रास उत्पन्न भएको छ । अहिले नेपालीसेनाको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । डिस्पोजका बेला केहि बेर बुटवलमा सवारी साधन रोकिएको थियो ।