|

बुटवलमा भेटिएको बम सेनाद्धारा डिस्पोज

बिनोद परियार,बुटवल,फागुन १५ -बुटवलको व्यस्त ठाउ पुष्पलाल पार्क नजिकै सडक छेउमा राखिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।  पुष्पलाल पार्कमा रहेको विद्युतको ट्रान्समिटरको पोलको छेउमा प्लास्टिकको झोलामा साढे २ लिटरको नयां प्रेसर कुकरसंगै नेकपा माओवादी क्रान्तिकारीको नामका पर्चा भेटिएपछि वस्तु बम भएको आशंका गरिएको थियो । बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर पुष्पलालपार्कमै करिब ३ फिट गहिरो खाडल खनेर डिस्पोज गर्दा वस्तु शक्तिशाली बम रहेको पुष्टी भएको हो । बम डिस्पोज गर्नका लागि पुष्पलालपार्कमा बिहान ८ बजेदेखि २ घण्टासम्म सडकमा आवागमन बन्द गरिएको थियो ।

पर्चाको साथमा हसिया हथौडा अंकित  कम्यूनिष्ट पार्टीको झन्डा समेत भेटिएको छ । पर्चामा नेपाल संज्ञmमणकालमा रहेको र सर्वहारा जनताको अस्वस्था प्रति कसैले पनि काम नगरेको भन्दै जनयुद्धलाई निरन्तरता दिईएको उल्लेख छ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष जनपथको हस्ताक्षर रहेको पर्चामा कथित लोकतान्त्रीब  गणतन्त्रीक संसदीय ब्यवस्था मुर्दाबाद,नया जनादी क्रान्ति जिन्दावाद,दीर्घकालिन जनयुद्धको निरन्तरतामा अघि बढौं जस्ता नारा लेखिएको छ । मुलुक संक्रमणकालमा रहेको बेलामा यस्तो पर्चा सहित बम भेटिनुले मुलुकमा फेरी युद्धको त्रास उत्पन्न भएको छ ।

Posted by Butwalonline on 4:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा भेटिएको बम सेनाद्धारा डिस्पोज"

Leave a reply