बन्दुक पट्कदा बाँकेको कचानपुरमा एक बालकको मृत्यु
ज्ञानु गौतम,बाँके,फागुन १३ - नालामा डुबेर बर्दियामा एक बालिकाको मृत्यु भएको छ । गुलरिया भन्सार रोड नजिकै खेलिरहेको अवस्थामा राजु मनिहारकी एक वर्षीया छोरी रानी मनिहारको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नालामा डुबेको एक घण्टापछि बालिको शब भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।बन्दुक पट्कदा बाँकेको कचानपुरमा एक बालकको मृत्यु भएको छ । छिमेकी गणेश कुवरको घरमा बन्दुक खेलाउने क्रममा पट्कदा कचनापुर ६ हरिहरपुरका ७ बर्षीय लक्ष्मण बुढाथोकीको मृत्यु भएको छ भने गणेश कुवरका छोरा खड्क कुवरको आंखा र अनुहार जलेको छ । कोठामा बन्दुक भेटिएपछि खेलाउने क्रममा खाटमा खरेपछी पड्किएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गणेश कुवरको घरमा रहेको बन्दुक लाईसेन्स विनाको अवैध भएको प्रहरीले जनाएको छ ।