|

नेपालकै अग्लो भ्यू टावर पाल्पामा

मुक्तिप्रसाद न्यौपाने,पाल्पा,पहाडकी रानी सुन्दरताकी खानी नेपालको दार्जिलिङ्ग ठानिने काठमाडौको भाई भनिने तानसेन नगरीको शिरमा भ्यूटावरको निर्माण कार्य भैरहेको छ ।

पाल्पाली करूवाको स्वरूपमा निर्माण गरिदै भएको भ्यू टावरको उचाई १ सय फिटको रहने निर्माण समितिले जनाएको छ । उक्त भ्यू टावरमा लिफ्टिंग सञ्चालन गरिने योजना रहेको छ । पाल्पाको सदरमुकाम तानसेनको श्रीनगर डाँडा समूद्र सतहबाट झण्डै १७०० मीटरसम्मको उचाईमा रहेको र त्यही निर्माण भैरहेको यो टावर नेपालकै सबैभन्दा अग्लो टावर हुने निर्माण पक्षले बताएको छ । भ्यू टावर निर्माणका लागि कुल १ करोड २५ लाख रूपैयाको इस्टमेट गरिएको पनि हाल नेपाल सरकारको ५० लाख तथा तानसेन नगरपालिकाको १५ लाख रूपैयाको सहयोगमा निर्माण कार्य भैरहेको छ । टावरमा चढ्नकोलागि सिँढीको निर्माण भैसकेको र रकम जुटेको खण्डमा तत्कालै लिफ्ट समेत निर्माण हुने तानसेन नगरपालीकाले जनाएको छ । एकै स्थानबाट पाल्पा जिल्लाका अलावा गुल्मी स्याङ्गजा, पर्वत, बागलुङ्ग तनहुँ, जिल्लाको समेत दृष्यअवलोकन गर्न सकिने उद्देश्यले टावरको निर्माण भएको हो । हावापानी, भौगोलिक भू–बनोटले आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि बलियो गन्तव्य स्थान बनेको तानसेनमा घुम्न आउने आन्तरिक बाह्य पर्यटकहरुका लागि लक्षित गरी टावर निर्माण गरिएको छ ।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको पाल्पाका विभिन्न स्थान भए पनि त्यहा पुग्न नसक्नेहरुका लागि टावरबाट त्यस क्षेत्रको सहजरुपमा दृष्यअवलोकन गर्न सकुन भन्ने उद्देश्य राखेर तानसेन नगरपालिकाको लगानीमा लामो समय पश्चात टावर निर्माण भैरहेको हो । यससँगै स्थानीय नगरबासी मात्र नभई जिल्ला बासीले पर्यटन व्यवसाय उद्योगका रुपमा विकास हुने कुरामा आशावादी भएका छन् ।

पोखराबाट पाल्पा हुदै लुम्बिनी र लुम्बिनीबाट पाल्पा हुँदै पोखरासम्म पुग्ने बिदेशी पर्यटकको तानसेनको बसाई लम्व्याउने पर्यटकीय क्षेत्रको विश्व सामु प्रचार प्रसार गर्ने, विशेष गरी छिमेकी मुलुक भारतबाट आउने पर्यटक बढी नै भएकोले यस क्ष्यू टावरले गर्दा उनीहरुको तानसेन र त्यस आसपासका क्षेत्रमा बसाईलाई लम्ब्याई पर्यटन प्रवद्वन गर्न सकिने बताउँछन् तानसेन नगरपालिका इन्जिनियर मनोहरलाल शाक्य ।


Posted by Journalist Mukti on 8:44 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालकै अग्लो भ्यू टावर पाल्पामा"

Leave a reply