|

योजनाबद्ध रुपमा प्राचनि तिलौराकोटको बिकास गरिने

किरणमान बज्राचार्य,कपिलवस्तु, माघ १९ - योजना बद्धरुपमा बुद्ध स्थल तिलौराकोटको बिकास गरिने भएको छ । संरक्षणको अभाबमा तिलौराकोट लगायतका पुरातात्बिक स्थल खण्डहर बन्दै गएकाले लुम्बिनी बिकास कोषले योजना बनाउन लागेको हो ।

कोषका उपाध्यक्ष कर्मासाङ्गबो शेर्पाले लुम्बिनी बिकास कोषले अब तिलौराकोटलाई पर्यटकिय गन्तब्य बनाउने बताउनु भयो । कोषका पदाधिकारी, प्राबिधिक टोली सहित तिलौरकोटको निरिक्षणका लागि आएका उपाध्यक्ष शेर्पाले अब आफुहरुको ध्यान तिलौराकोटमा जाने प्रतिबद्धता बयक्त गर्नु भयो । उहाले आउने आब देखि सरकारले लुम्बिनी बिकास कोषलाई दिने बिकास अनुदानको ५० प्रतिशत बजेट कपिलबस्तुको पर्यटन बिकासमा लगाउने पत्रकारहरुसंग तिलौराकोटमा कुराकानीकाक्रममा बताउनु भयो । लुम्बिनीमा बिकासका पुर्बाधार शुरु भएको भन्दै त्यहा बिकासका लागि धेरै सघ संस्था पाईपलाईनमा बसेकाले अब पालो कपिलबस्तुको भएको बताउनु भयो ।

तिलौराकोट भित्र प्रबेश गर्ने ठाउमा नया गेट, पश्चिमबाट निस्कने गेट छिट्टै बनाईने छ । त्यस्तै तिलौराकोट भित्र बसेर ध्यान गर्ने ठाउ र पदैल हिडने फुट रोड पनि बनाईने छ । त्यस्तै तिलौराकोटको प्राचीनता नबिगार्ने गरि भित्र पस्दा नै पुरानो शहर जस्तो झल्को दिने गरि स्बरुप बनाईने पनि उपाध्यक्ष शेर्पाले बताउनु भयो । सरकारले तिलौराकोट, कुदान, सिसहनिया, गोटिहबा, निग्लिहबा, अरौराकोट र सगरहबाको एकिकृत बिकासका लागि ०४२ सालमा राजपत्रमा सुचना प्रकाशित गरि कोषलाई जिम्मा दिएको थियो । तर साधन स्रोतको अभाबमा उक्त स्थलहरुको बिकास हुन सकेको थिएन् । तिलौराकोटमा अब लुम्बिनी बिकास कोषको संपर्क कार्यालय ब्यबस्थित बनाईने छ । कार्यालयलाई केही अधिकार प्रत्यायोजन् गरि स्बयतत्ता दिईने कोषका सदस्य सचिब अजितमान तामाङ्गले बताउनु भयो । एक डेढ बर्ष भित्र परिबर्तनका अनुभुति हुने गरि योजना बनाएर काम थालिने कोषका कोषाध्यक्ष ओमप्रसाद अर्यालको भनाई छक । त्यस्तै तिलौराकोट लगायतका स्थललाई बिकास गर्न राष्ट्रिय अन्तराष्टिय संघ सस्थालाई पनि आग्रह गर्ने योजना बनाईएको छ । लुम्बिनी र कपिलबस्तु एक अर्काका परिपुरक भएका पनि दुबै ठाउको बिकास हुनु आबश्यक रहेको छ ।

तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगबान गौतम बुद्धले २९ बर्षको युबा अबस्था बिताएको स्थल हो । त्यस्तै कुदानमा भगबान गौतम बुद्धले ज्ञान प्राप्त गरेर राजधानी आए पछि पिता शुद्धोदनसंग पहिलो पटक भेट गरेको स्थल हो । त्यस्तै गोटिहबा र निग्लिहबामा भारतीय सम्राट अशोक तिर्थाटन गर्न आएका बेला स्तम्ब बनाएको ठाउ हो । त्यस्तै सगरहबा शाक्यहरुको बध स्थल हो । अरौराकोट कनकमुनी बुद्धको जन्म स्थल हो भने सिसहनिया महतबपुर्ण स्थल हो ।

संसार भरबाट बुद्ध स्थल भ्रमण गर्न आउने पर्यटकहरु कपिलबस्तु प्रबेश गर्दा जति रोमाञ्चित हुने अनुभब गरेर आउछन, उजाड अनी लथालिङ्ग बुद्धसंग संबन्धित यहाका प्राचीन स्थल देख्दा त्यत्तिकै निरास बनेर फर्किने गरेका थिए ।



Posted by Butwalonline on 2:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "योजनाबद्ध रुपमा प्राचनि तिलौराकोटको बिकास गरिने"

Leave a reply