जगदीशपुर तालमा मनाईने सीमसार दिवसको तयारी पुरा
कपिलवस्तु, माघ १९ - रामसार क्षेमा सुचीकृत जगदीशपुर तालमा शनिवार मनाउन थालीएको बिश्व सीमसार दिवसको तयारी पुरा भएको छ । तालमा पहिलो पटक मनाईने सिमसार दिवसको सबै तयारी पुरा भएको आयोजक संस्था जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चले जनाएको छ ।
फरवरी २ तारेखका दिन विश्व रामसार दिवस कै अवसर पारेर सीमसारले गर्दछ पानीको स्हार नाराका साथ तालमा सो दिबस मनाउन थालिएको हो । तालको वरिपरि सरसफाई, ब्यानर, बोर्ड लगायतका सबैको तयारी पुरा भएको मञ्चका सचिव तथा वन कार्यालयका प्रमुख कृष्ण पोख्र्ेलले बताउनु भयो ।
सो दिवसको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक डाक्टर राजन कुमरा पोख्रेलले उद्घाटन गर्नु हुने आयोजकले जनाएको छ । कार्यक्रममा चरा बिद हेमसागर बराल, सर्प बिशेषज्ञ करन शाह, टोप बहादुर खत्री, सुशिला नेपाली लगायत सहभागी हुने बताईएको छ ।
दिवस भब्यरुपमा मनाउनका लागि ब्यापक प्रचारप्रासार समेत गरिएको उप समिति संयोजक अब्क्दुर रसिद खााले बताउनु भयो । । दिवसका लागि मञ्चले बिभिन्न उप समितिहरु निर्माण गरी काम जोडतोडका साथ अघी बढाएको छ ।
तालमा सरसफाई कार्य संपन्न भईसकेको छ । दिवसमा स्रोत केन्द्र स्तरीय चित्रकला, दौड, गीत प्रतियोगीता समेत हुने बताईएको छ । तालमा गैरकानुनीरुपमा माछा तथा चारा मार्ने कार्य रोक्नका लागि दुई जना स्थानीय गााउलेलाई हेरालुकोरुपमा समेत मञ्चले राखेको छ । जगदीशपु मै मञ्चको कार्यालय समेत स्थापना गरिएको छ । जैविक बिविधताले भरिपुर्ण तालको बिकासका लागि युएनडिपी, वन बिभाग, नेपाल पंक्षी संरक्षण संघ, आईसीयुनएन, डब्लु डब्लु एफ समते सहयोग गर्ने प्रतिबद्धता जनाएको मञ्चले बताएको छ ।
ताल मै सीमसार दिवस मनाईने भए पछि स्थानीयबसासी निकै खुशी भएका छन् । दिवसलाई सफल पार्न उनीहरु सक्रियरुपमा लागेका छन् ।