|

उखु किसान र चिनी उद्योगपति द्धिपक्षिय वार्ता

नवलपरासी, उखु किसानसंग आज नवलपरासीमा भएको द्धिपक्षिय वार्तामा आउदो माघ २३ गतेदेखि ४ सय ८३ रुपैया ७० पैसा प्रति क्विन्टल उखुको मुल्य भुक्तानी दिने सहमति भएको छ ।

वार्ता प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उखु किसान, राजनीतिक दल, चिनी उद्योगपति तथा प्रशासनबीच छलफल भएको हो । उखु उत्पादक महासंघ र चिनीका उद्योगपतिहरुबीच गएको कार्तिक २२ गते हेटौडामा भएको सहमतिमा उद्योगपतिहरु भारतीय चिनी मिलको मुल्यलाई आधार मान्दै प्रति क्विन्टल उखुको मुल्य ४ सय ८३ रुपैया ७० पैसा भुक्तानी दिने सहमत भएका थिए तर कार्यान्यवन नगरेका कारण नवलपरासीका किसानहरु दोश्रो चरणको आन्दोलनमा उत्रेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द यादवले बताए ।

जिल्ला प्रशासन नवलपरासीमा आज भएको सर्वपक्षिय सहमति मिल पक्षले कार्यान्यवन नगरे उखु उत्पादक कृषक समिति आउदो माघ २५ गतेदेखि कडा आन्दोलनमा जाने नेपाल किसान संघका अध्यक्ष श्रवण कुमार कुशवाहाले बताए । वार्तामा सहभागी भएका किसान नेता सन्तु जायसवालले वार्ता सौहार्द पुर्ण वातावरणमा सम्पन्न भएको तथा आउदो माघ २३ गतेदेखि ४ सय ८३ रुपैया ७० पैसा प्रति क्विन्टल उखुको मुल्य भुक्तानी दिने सहमति मिल पक्षले कार्यान्यवन नगरे उखु किसानहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

Posted by Butwalonline on 3:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उखु किसान र चिनी उद्योगपति द्धिपक्षिय वार्ता"

Leave a reply