|

नवलपरासीको पटनीलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

नवलपरासी,फागुन १५ -  नवलपरासीको मनरी नमुना गाउं विकास समितिको वडा नम्बर ४ पटनीलाई  खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ ।गाउमै एक कार्यक्रमको आयोजना गरी गाविस सचिव गुन्जेश्वरी चौधरीले पटनीलाई खुल्ला दिशा मुक्त वडा घोषणा गरेका हुन  । पटनीमा रहेका कुल १ सय ७० घरधुरीमध्ये सबै घरमा शौंचालय बनेको र प्रयोग पनि भैरहेकोले खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको संयोजक ओम प्रकाश चौधरीले जानकारी दिएका छन् । आगामी चैत मसान्तसम्ममा खुल्ला दिशा मुक्त गाविस बनाउने अभियानमा लागेको गाविसको वडा नम्बर १, ५, ६ र ८ यस अघि नै खुल्ला दिशा मुक्त घोषणा भैसकेका छन ।

Posted by Butwalonline on 5:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीको पटनीलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा "

Leave a reply