युवा संघ नेपालको अध्यक्षमा बर्तमान अध्यक्ष महेश बस्नेत निर्वाचित
बिनोद परियार,बुटवल,फागुन १५-युवा संघ नेपालको अध्यक्षमा बर्तमान अध्यक्ष महेश बस्नेत निर्वाचित हुनु भएको छ । आठौ महाधिवेसन अन्तरगत नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा बस्नेतले आफ्ना प्रतिद्धन्द्धी निरज आर्चायलाई १ सय ५५ मतले पराजित गर्नु भएको हो ।
विजयी बस्नेतले कुल खसेको मतमा ८ सय १ मत प्राप्त गर्नु भयो भने आचार्यले ६ सय ४५ मत प्राप्त गर्नु भएको बताइएको छ । त्यसैगरि महासचिवमा पनि बस्नेत प्यानलकै राजिव पहारी विजयी हुनु भएको छ । बस्नेत मतगणना सुरु भएदेखिनै निरन्तर आफ्ना प्रतिद्धन्द्धी भन्दा अगाडी रहदै आउनु भएको थियो । घोषित परिणाम अनुसार बस्नेत समुहले १७ पदाधिकारीमा अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित १५ स्थानमा विजयी हात पारेको छ । निर्वाचन परिणामको एकैसाथ घोषणा गर्ने भन्दै निर्वाचन समितिले भने सार्वजनिक गरेको छैन । कुल एक हजार ४ सय ३७ जना मतदाता रहेको संघको निर्वाचनमा एक हजार ३ सय ८७ मतमात्रै खसेको थियो । १ सय ३५ सदस्यीय केन्द्रीय समितिसहित लेखा र अनुशासन कमिटी गरी कुल १ सय ६७ पदका लागि निर्वाचन भएको थियो । १५ जना भने यसअघि नै निविर्रोध निर्वाचित भइसकेका थिए । १ सय ५२ पदका लागि ३ सय १९ जना उम्मेदवारवीच प्रतिपर्धा उत्रेका हुन ।