स्व.पुष्कर राईप्रति हार्दिक श्रद्धान्जली घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना
जया कार्की /निमकान्त पाण्डे , फागनु ४ गते, काठमाण्डौ -१८औ महान जनयुद्ध दिवस तथा एनेकपा माओवादीको सातौं महाधिवेशनको घोषणासभामा भाग लिन आउने क्रममा छैमले गाविसको अक्करवाट टाटा सुमो जीपको ब्रेक फेल भएर खस्दा अखिल नेपाल औद्योगिक मजदुर संघ मकवानपुर जिल्ला समितिका उपाध्यक्ष वर्ष ३५ का कमरेड पुष्कर राईको घटनास्थलमै निधन भएको छ । मकवानपुर चौघोडा गाविस निवासी राई हेटौंडा औद्योगिक क्षेत्रमा लामो समयदेखि कार्यरत मजदुर हुनुहुन्थ्यो । उहांको श्रीमती र तीन छोरीहरु छन् । उहां मकवानपुर जिल्लाको पार्टी तथा मजदुर संगठनको क्रियाशील मजदुर नेताको रुपमा चर्चित हुनुहुन्थ्यो । हेटौंडावाट काठामाण्डौ आउनेक्रममा वान्ता आएकोले अर्को साथीको सिट साटेर फ्रन्टसिटमा आएर वस्नु भएका राईको वजन झण्डै १०० केजीको थियो । त्यसकारणले पनि गाडी भीरवाट पल्टिदा उहांलाई वढि चोट पर्न गई घटनास्थलमै मृत्यु भएको थियो ।उहांको दाहसंस्कार हुनु अघि नै एनेकपा माओवादी जिल्ला पार्टीले उहांसित आश्रित परिवारलाई उचित संरक्षण र राहत दिने घोषणा गरिसकेको छ भने मकवानपुर जिल्ला इन्चार्ज कमरेड विजयलगायतका नेताहरु तथा राईको आफन्तजनहरु अन्तिम संस्कारको लागि भावविह्वल भै उपस्थित भएका थिए ।
सो ज्यानमारा दुर्घटनामा परि शख्त घाइते हुनुभएका अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदश्य तथा मकवानपुरका अध्यक्ष गंगा भट्टराईको कम्मरको जोर्नी खुस्किएको छ । अरु थुप्रै चोटपटकहरु पनि लागेको छ र उहांको उपचार गर्न लामो समय लाग्ने कुरा डाक्टरहरुले वताएका छन् । हिजो वेलुका अर्थात फागुन ३ गतेका दिन बल्खुस्थित बयोधा अस्पतालमा सकुशल अपरेशन सम्पन्न भएको छ । उहांको श्रीमती तथा छोराछोरीहरु अस्पतालमै कुरुवा वसिरहनु भएको छ । अखिल नेपाल रिक्सा मजदुर संघ मकवानपुर जिल्लाका अध्यक्ष तथा चर्चित मजदुर नेता कृष्ण रेग्मीको सो दुर्घटनामा घांटीको हड्डी भांचिएको छ । हाल उहांको उपचार महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उहांको उपचार निकै जटिल प्रकारको भएको कुरा थाहा भएको छ । अर्का घाइते दिपेन्द्र विडारीको पांचवटा करङ भांचिएको छ उहांको उपचार पनि टिचिङ अस्पतालमा भैरहेको छ । घाइते ध्रुब घिमिरेको पनि कम्मर खुस्केको छ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला संयोजक रामशरण घिमिरेको पनि करङ भांचिएको छ, हेम न्यौपानेको गोडाको नशा चुंडिएको छ, चालक प्रेमप्रसाद सुवेदीको शिवज्योति अस्पतालको आईसियुमा उपचार भैरहेको छ, अर्का घाइते प्रेम सुवेदीको अल्का अस्पतालमा उपचार भैरहेको जानकारी एनेकपा माओवादी मकवानपुरका सहइन्चार्ज प्रेम पुलामी र पार्टी सल्लाहकार सरोज खनाल तथा पुर्व पिएलए ब्रिगेड कमाण्डर प्रदीप घलानले दिनु भएको छ । घाइतेहरुको उपचारमा पार्टीले विशेष ध्यान दिंदै सम्पुर्ण खर्चपानी र आवश्यक राहतको व्यवस्था गर्न अखिल नेपाल ट्रेड युनियन महासंघका सवै जसो घटक युनियनहरुले माग गरेका छन् । उपचारको क्रममा टाट पल्टिने र घर वारविहीन हुने अवस्था नआओस यसतर्फ पार्टीले विशेष ध्यान समयमै पु¥याओस भनि घाइतेका परिवारहरुले जोडदार माग गरेका छन् ।
विभिन्न अस्पतालमा मृत्युसित भिड्दै उपचाररत घाइते मजदुरहरुलाई प्रधानमंत्री डा. बावुराम भट्टराई, पर्यटनमन्त्री पोष्टवहादुर वोगटी, नेता अग्नि सापकोटा, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक शालिकराम जम्कट्टेल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिम्खडा लगायतकाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कमना गर्दै घाइतेहरुको अवस्थाको जानकारी लिएका थिए भने दिवंगत मजदुर नेता पुष्कर राईप्रति हार्दिक श्रद्धान्जली सहित परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
अस्पतालको कमाउने धन्दाप्रति घाइते परिवारहरु रुष्ट
यसैवीच घाइते तथा कुरुवाहरुले शिवज्योति अस्पतालले घाइते विरामीहरुलाई दुर्घटनास्थलवाट उपचारका क्रममा ल्याउदाल्याउंदे बल्खुको चौवाटोवाट खोसेर लगेर हतार हतार आईसियुमा भर्ना गरी राम्रो र मनले खाएको अस्पतालमा लान नदिएको र मनपरि शुल्क प्रतिदिन एक लाख रुपैयां चार्ज गरेकोमा निकै रुष्ट भएका छन् । यसता काला कर्तुतमा निर्लिप्त अस्पतालहरुको छानविनको समेत माग गरेका छन् ।अखिल नेपाल ट्रेड युनियन महासंघ (काठमाडौँ ) antuf/majdoooronline
Posted by Butwalonline
on 4:23 AM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response